अनखबर
२४ मंसिर २०७६, काठमाडौँ । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरेको हो।

उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।

उनीहरूमाथि थप अनुन्धान भइरहेको पनि अख्तियारको भनाई छ।