शिव डुम्रे / बुटवल
पौष ५ ।
बुटवल उपमहानगर अब सहयोगपेक्षी सडकआश्रीत मानवमुक्त नगरको रुपमा घोषणा भएको छ । बेसाहारा, अभिभावकबिहिन, सहयोगापेक्षी सडकआश्रीत मानव व्यवस्थापन गर्ने उद्देश्यले सरोकारवालाहरुविच समन्वय, सहकार्य र साझेदारी भएपछि शनिबार एक समारोहका विच उपमहानगरपालिकालाई सडक मानवमुक्त सहर घोषणा भएको हो ।
भव्य र्यालिका बिच नगरपालिकाकै कार्यालय परिसरमा गरिएको समारोहमा बोल्दै नगरपालिकाका प्रमुख शिवराज सुबेदीले बुटवललाई अब मानवीय सभ्यताको सहरको रुपमा चिनाउने महाअभियान सुरु भएको भन्दै सबैलाई होस्टेमा हैसे मिलाउदै अगाडी बढ्न आग्रह गरे । उनले बुटवलमा जस्तासुकै दुखी गरिव आएपनी नाना, छाना र खानाबिना मर्नु नपर्ने त्यसको ग्यारेन्टी नगरपालिकाले गर्ने भन्दै सबै नगरबासिमा मानवीय भावना भएको देखाउने समय आएको समेत बताए । प्रमुख सुबेदिले भने “एउटा नागरिकले अर्को नागरिक दुखी भएको देख्न सक्दैन, समृद्ध बुटवल बनाउन र मानवीय सभ्यताको सहर बनाउन हामी पुर्ण सचेत र प्रतिबद्ध छौं ।”
बुटवल उपमहानगर, सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही र मानवसेवा आश्रमविच सडकआश्रीत मानवहरुलाई व्यवस्थापन गर्ने सामुहिक छलफल पश्चात् प्रतिबद्धता पत्रमा सामुहिक हस्ताक्षर गरेर सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसि, उद्योग, वन तथा पर्यटन मन्त्री लिला गिरि, सामाजिक विकास मन्त्री सुदर्शन बराल, निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, जिल्ला प्रहरी प्रमुख हेम कुमार थापा, मानसेवा आश्रमका अध्यक्ष रामजी अधिकारि लगायतले बोल्दै बुटवल नगरले सुरु गरेको सकारात्मक र सह्रानिय कामको प्रशम्सा गर्दै आफ्नो तर्फबाट सहयोगापेक्षी सडक मानवमुक्त सहर कायम राख्न पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
कार्यक्रममा मानवसेवा आश्रमले उद्दार गरिसकेका राखेका झन्डै २०० मानवहरुलाई पुनर्स्थापना गर्ने र पुन पारिवारिक मिलन गराउने मानव सेवा आश्रममा कार्यरत ५ जनालाई सम्मान समेत गरिएको थियो भने सरोकारवालाहरुविच प्रतिबद्धता घोषणा गरिएको व्यानर र पत्र साटासाट गरिएको थियो । झन्डै २ हजार भन्दा धेरै जनताको सहभागीता रहेको कार्यक्रममा विभिन्न जातजाति, धर्म, सस्कृतीका र्याली तथा झाकिहरु पनि प्रस्तुत गरिएको थियो ।