अनखबर ९ पुस, बुटवल । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं पुर्वरक्षामन्त्री बालकृष्ण खाणले प्रदेश ५ को राजधानी बुटवलबाट सारेमा थेग्न नसक्ने आन्दोलन उठ्ने बताएका छन । उनले तत्कालीन काङ्ग्रेसको सरकारले  राजनितिक, सांस्कृित र पर्यटकिय हिसाबले बुटवल नै स्थायि राजधानिका  लागि उपयुक्त भएकाले अस्थायी राजधानी बनाएको भन्दै यसलाई प्रदेश सभाले अबिलम्ब घोषणा गर्न अनुरोध गरे ।
बुटवल उद्याेग बाणिज्य संघकाे आयाेजनामा बुधबारदेखि शुरू भएकाे अाैद्याैगिक व्यापार मेला बुटवल २०७६ काे शुभारम्भ समाराेहलाई सम्बाेधन गर्दै नेता खाणले यस्ताे कुरा बताएका हुन  ।


“प्रदेशको राजधानी सार्न बेलाबेलामा पर्दापछाडी खेलहरु भैरहेको खबर आउछ, यदि तेसो भए थेग्न सक्नुहुन्न, कुनै पनि देशमा दुरिकै भागबाट मात्रै राजधानी तोकिदैन” खाणले भने – “राजधानी बनाउन ढिला नगरौं, प्रदेश सभाले छिटो घोषणा गरोस् ।”
आगामि पुस २३ गतेसम्म संञ्चालन हुने महाेत्सवमा सुचना प्रविधि, उद्याेग, कृषि, हाेटल जसता गरि करिव ५ सय स्टल राखिएकाे छ । याे पटक बुटवल मण्डपमा स्थायि संरचना बनेकाले बुटवल देविनगरमा मेला शुरू भएकाे छ । कार्यक्रमको उद्घाटन गर्न रक्षामन्त्री ईश्वर पोख्रेल आउने भनिएपनी मौसमको कारण उनु आउन भने सकेनन । कार्यक्रममा लुम्बिनीको झल्को आउने गरि विभिन्न संरचना बनाईएका छन भने प्रवेशद्वार ऎतिहासिक जितगढी किल्लाको झल्को आउने गरि बनाईएको छ । कार्यक्रममा विभिन्न जातजातिका झाकिहरु प्रदर्सन गरिएको थियो भने कार्यक्रम अवधिभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । मेलामा भलिबल, लोक दोहोरी, रत्यौली गित, डान्स आईडल लगायतका प्रतियोगिता समेत रहने आयोजकले जनाएको छ।