अनखबर
पुस १२ काठमाण्डाै – काठमाण्डाैको तापक्रम शून्यबाट अझै ओरालो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।
गएकाे बिहीबार काठमाण्डौको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् । यस्तै अघिल्लो दिन दिउँसो पारिलो घाम लागेर राती आकाश खुले बिहानको तापक्रम घट्ने तर बिहान बाक्लो हुस्सु र कुहिरो लागे तापक्रम थोरैमात्र तलमाथि हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् । (उज्यालोबाट)