शिव डुम्रे / बुटवल
पौष २८
बुटवलको चिसो हुस्सु, तपतप चुहिने तुसारोमा झिसमिसे बिहानिमै बुटवल नजिकैको योगिकुटी बजारमा ठुला झोला र कुम्ला बोक्दै दर्जनौं मान्छेहरु जम्मा हुन्छ्न । कोहि उत्तर लाग्ने गाडी चड्छन कोहि दक्षिण लाग्ने । समुह झन्डै ३ देखि ५ जनासम्मको हुन्छ । बिहानै ५ बजेदेखी ९ बजेसम्म उनिहरु सडकमा रातो प्लास्टिकको थैलो र कुम्लो बोकेर उभिरहेका भेटिन्छन ।
उनिहरु हिउँ छल्न तराई झरेका हिमालिहरु हुन, हिउँद मैनामा पुरै हिउँले भरिने र कुनै अन्नपात उत्पादन नहुने हुँदा हिमालबाट तराई तथा मध्य पहाडतिर झर्ने हिमालिहरुको पुर्ख्यौली पेशा हो । कार्तिक महिनाको मध्यतिर यिनिहरुले घरमा रेखदेखको लागि एकजना छोड्छन र सबै तराई झर्छन, घरेलुले घरको हिउहरु फाल्नुपर्ने हुन्छ भने बाहिरीयाहरुले अर्थोपार्जन गर्न विभिन्न सामानहरु बोक्दै गाउघरमा पुग्छन, समय बित्दै गर्दा उनिहरु २/४ पैसा जम्मा गर्छन र बिस्तारै हिमालतिरै निसक्न्छन ।
यो उनीहरुको पुर्ख्यौली पेशा हो, पुर्खा जहाँ पुगे त्यही ठाउँ खोज्दै त्यहीँ पुग्दा रहेछ्न, हजुरबुबाहरु गाउँतिर जादा उतै पछि पछि लैजाने छोराहरूले ठाउँ चिनाउनकै लागि आफ्ना पछिल्लो पुस्तालाई समेत लैजाने गर्छन ।
कार्तिकको अन्तिम हप्तातिर मुस्ताङ लोमान्थाङ्ग ४ नेम्रुकबाट झरेका लाक्पा गुरुङ्ग बुटवल शान्तिचोक बन्स्छन । उनिहरु बुटवल देखि भैरहवा, खैरेनी, कपिलवस्तुका कयौं गाउँहरुमा उनीहरु जाने गर्छ्न । झन्डै नियमित जस्तै देखिने उनीहरुसग ब्यक्तिगत कुरा गर्न बडो कठिन मान्छन, लामो समय देखिराख्ने लाक्पा भने केही खुले । ‘मुस्ताङमा यो समय हिउँ पर्छ, हामिले उत्पादन गरेका सबै चिजले हामिलाई बर्षभरी खान नपुग्ने भएपछि हामिहरु कपडा बेच्ने व्यापार गर्छौ, कोहि रैथाने ब्यापारी छन भने हामी हिउँदमा व्यापार गर्छौ र बर्खामा घरतिरै रहन्छौ’ लाक्पाले भने ।
त्यस्तै झोला बोक्नेहरुमै अर्कि थिइन ४२ बर्षिया सानुमाया शेर्पा उनले भनिन्, ‘हामिलाई देखेपछि मान्छेहरु कुम्लो बोकेका जुम्लिले जिम्बु ल्याए भन्दै जिस्काउछन, तर अचेल धेरै परिवर्तन भैसक्यो, व्यापार राम्रो नभएपनी सन्तोसजनक छ ।’
शेर्पाले भनेजस्तै उनीहरुका झोलामा अचेल जिम्बु, यार्सा, मार्सी चामल, जुम्ली गेडागुडी, सियो, खिप, हिमाली खबुस, मोतिका माला र घरबुनाका कपडाहरु पाईदैनन । उनिहरुमा आफ्नै उत्पादन बेच्ने मौलिकता हराईसकेको छ, काठमाडौंमा जान्छन ५० हजारदेखि १ लाखको चिनिया कपडाहरु किन्छन, झोलामा पोको पारेर ज्याकेट, टाउजर, टोपी, गलबन्दी, पन्जा, मोजा लगायत जाडो छेक्ने कपडाहरु बोक्छन, त्यसैले पनि उनीहरुको माग अचेल पहिलेजस्तो ज्यादा देखिदैन । कतैकतै मेलाहरुमा, कतै ब्यापारीहरु एकमुष्ट किन्दिने बाहेक उनीहरुको खास व्यापार व्यापक भएको भने पाईदैन ।
मुस्ताङबाट आएकाहरु बुटवल, लुम्बिनी क्षेत्रमा अलिक धेरै बस्दा रहेछन, लाक्पाका अनुसार बुद्ध धर्म मान्नेहरु धेरै भएर होला सकेसम्म लुम्बिनी नै बस्न खोज्छन, उनिहरु त्यही शिलशिलामा मर्चवार सम्म पनि व्यापार गर्ने थलो बनाएका रहेछ्न । लाक्पाले लुम्बिनी, कपिलवस्तु, कृष्णनगर, सुनौली, परासी, मर्चवार, सम्मरिगाउ हुँदै कहिलेकाही त भारतका गाउँतिर पनि पुगिने गरेको सम्झन्छन ।
उनीहरुको यो पेशा माघको अन्तिमसम्म चल्ने रहेछ, यसबिचमा स्कुल पढ्ने बालबालिकाहरुलाई भने पोखराका सरकारी स्कुलहरुले पढाईदिने रहेछन २ महिना, उनिहरु यहाँबाट फर्कदा तिनै बच्चाहरुलाई लिएर ३ महिनाभरी पुग्ने खानेकुरा लिएर उकालो लाग्ने रहेछन ।
रहरको होईन बाध्यताको पेशा हो, हिमालिहरुको कपडा ब्यापार एक त उनीहरु मौसमसग छलिनुपर्ने र अर्को जिविकोपार्जन गर्नुपर्ने हुनाले उनीहरु यस्तो गर्छन, उनीहरुको ३ महिनाको खेतिपाती नै यहीँ हो । यो एउटा नेपालीहरुको आत्मीय सम्बन्ध र सभ्यताको प्रतीक पनि हो, राज्यले उनिहरुलाई केही ब्यबस्थापन गर्दिए यसो गरिराख्नु पर्थेन भन्दै राज्यसँग अपेक्षा पनि राख्ने गर्छन ।