अनखबर, बुटवल
बिहिवार सम्पन्न राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारुढ नेकपाका ३ जना उम्मेद्वारनै बिजयी भएका छन ।
राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट नेकपाकी विमला घिमिरे ,जग प्रसाद शर्मा ,गोपाल प्रसाद भट्टराई निर्वाचित भएका हुन ।
दाङ्गमा विहानैबाट सुरु भएको चुनावमा महिला सदस्य विमला घिमिरे ५७७८ मतभार सहित विजयी भएकी छन् ।
त्यसैगरि अन्य सदस्यतर्फ नेकपाका गोपाल भट्टराई विजयी भएका छन् । भट्टराईले ५ हजार ३ सय ८२ मतभार प्राप्त गरेका छन् ।
यसैबीच प्रदेश नं. ५ को अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट उम्मेद्वार बन्नुभएका जग प्रसाद शर्मा विजयी भएका छन् ।
शर्माले ५ हजार ४ सय २४ मत ल्याएर विजयी भएका हुन । उनी नेकपा तर्फका उम्मेद्ववार हुन । दाङ निवासी शर्मा यसभन्दा अगाडी प्रदेश सभामा पराजित भएका थिए ।
नेकपा र कांग्रेस बाट समान तीन÷तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिपर्धा गरेका थिए ।
कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घाखाचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए ।
त्यस्तै समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए । त्यसैगरी राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो ।
प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य चुन्न दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको थियो ।