इन्द्रजित कुमार राय
इतिहासको विभिन्न कालखण्डबाट आफ्नो राष्ट्रको अस्तित्वलाई बचाउँदै आजको २१औँ शताब्दीमा राष्ट्र/राष्ट्रियता र राष्ट्रवादको पक्षमा विभिन्न खालका बहस सुरु भइरहेका छन् । विभिन्न परिवेशबाट अस्तित्वका लागि आजसम्म पनि राष्ट्रियतालाई खोज्दै संघर्ष गरिरहेको मुलुक पनि विद्यमान छन् । राष्ट्रियताको कारण १९औँ शताब्दीदेखि दोस्रो विश्वयुद्धपश्चात् उपनिवेशबाट स्वतन्त्र हुनका लागि गरिएको संघर्ष र मौलिक अस्तित्वबाट बाँच्न चाहने आºनो मातृभूमिप्रतिको आस्था हो । तसर्थ सार्वभौम भई बाँच्न जनताले आºनो कर्तव्यलाई अस्तित्व र स्वाभिमानसँग जोडेर आजसम्म पनि संघर्ष गरिरहेका छन् ।
समय परिवेशसँगै साझा समाज, राजनीतिक अवस्था, इतिहासजस्ता तत्वले जनतालाई एकताबद्ध गराउँछ र राष्ट्रियताको जगेर्ना हुने गर्छ । इतिहासदेखि नै स्वतन्त्र अटल र स्वाधीन रहेको राष्ट्रको अक्षुण्णताका लागि देशभक्तमा प्रगाढ विश्वास राख्दै राष्ट्रियताको जगेर्ना गरिनुपर्छ । राष्ट्रका लागि त्याग, तपस्या र बलिदानका साथै मातृभूमिप्रति अखण्ड स्नेह ममता एवं देशभक्ति विचारधारालाई अंगीकार गरी देशप्रति समर्पण भई राष्ट्रियताको प्रतीकका रूपमा स्थापित हुनुपर्छ ।
राष्ट्रको मजबुद अंगका रूपमा क) राष्ट्र प्रमुख, ख) सेना र सुरक्षा, ग) सिमाना, घ) नागरिक, ङ) कोष च) व्यवस्थाका एकीकृत अंगका शक्तिपुञ्ज (राज्य)बाट राष्ट्रको संरचना हुन्छ । यसको संरक्षण र सम्वद्र्धन गर्न नागरिकले गर्ने कर्तव्य नै राष्ट्रियता हो । राज्य शक्तिको स्रोत जनता हुन् । राष्ट्रियताको मूल आधार नै देशभक्ति हो । राष्ट्रप्रतिको एकात्मक भावना राष्ट्रियता हो । यसैगरी, जनताको त्याग, तपस्या, बलिदान तथा देशभक्तिबाट ओतप्रोत रहँदै नि:स्वार्थ भावनामा राष्ट्रप्रति सेवा समर्पित रहने कार्य देशप्रतिको भावनात्मक सम्बन्धबाट राष्ट्रियता मजबुद हुने गर्छ । जनताद्वारा काम, कर्तव्य, विचार, भावना, आदर्श, सद्भावजस्ता मानवीय आचरणसहित जनताको साझा शक्तिलाई राष्ट्र हितका लागि समर्पण गर्ने कार्यले राष्ट्रियतालाई बलियो बनाउँछ । प्राचीनतम् अवस्थादेखि भिन्न समाजमा समान जन्म र अस्तित्वको संघर्षबाट वचाइराखेको स्वाभिमानको संरक्षण र आºनो भिन्न अस्तित्वलाई स्थापना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय पहिचानको मौलिकतालाई संरक्षण गर्दै राष्ट्रियताका लागि समान सहभागितामा महत्त्वका साथ उभिन सक्नुपर्छ ।
कुनै पनि व्यक्तिले व्यक्तिसँग, एउटा जातिले अर्काे जातिसँग, समाजले समाजसँग, धर्मले धर्मसँग एवं राष्ट्रले राष्ट्रसँग समान मैत्रिक व्यवहार र आचरण उजागर गर्ने भावना राष्ट्रियता हो । मौलिक स्वाभिमान समाप्त हुनु भनेको स्वाधीन राष्ट्रको अस्तित्व समाप्त हुनु हो । तसर्थ जब कुनै राष्ट्र अधीनस्त हुन जान्छ भने अधीनस्त हुन जाने राष्ट्रको स्वतन्त्रता समाप्त हुन पुग्छ । तसर्थ आºनो स्वाधीनता, अखण्डता, स्वतन्त्रता र सार्वभौम अधिकारलाई अक्षुण्ण रूपमा स्थापित गरी स्वअस्तित्व बचाउने काम र कर्तव्य पनि राष्ट्रियता हो ।
इतिहास र ऐतिहासिक पुर्खाको बलिदानबाट निर्मित राष्ट्रिय मौलिक परम्परा, आस्था, सभ्यता, संस्कृतिको सम्मान र संरक्षण गर्नु राष्ट्रियता हो । यसैगरी, समग्र जनताका धर्म, संस्कृति, परम्परा, सभ्यता, भाषा, भेषभूषाजस्ता समाजका अमूल्य आभूषण हुन् । यस्ता राष्ट्रिय महत्वको विषयलाई संरक्षण गर्ने काम पनि राष्ट्रियता हो ।
राष्ट्रिय जनभावनाको तरंगित पुञ्जबाट राष्ट्रियताको जगेर्ना हुन्छ । समग्र जनताले एक आपसमा राष्ट्रिय एकत्व, अपनत्व, महत्त्व तथा स्वाभिमानलाई स्थापित गर्नुपर्छ । राष्ट्रियताको बलियो आधार राष्ट्रवादी तत्त्व हुन् । राष्ट्रप्रतिको नि:स्वार्थ त्याग र बलिदान नै सच्चा राष्ट्रवादी हो ।
जनताको एकता र राष्ट्रियताको भावनाबाट मात्र राष्ट्रवाद स्थापित हुन सक्छ । राष्ट्रको स्वाधिनता, स्वाभिमान, स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ताको पक्षमा रहेका समग्र सैद्धान्तिक दर्शन, विचार र आदर्शले राष्ट्रवादलाई बुझाउँछ । राष्ट्रिय परिवेशमा निहित मुद्दालाई केन्द्रबिन्दु बनाएर सबै पक्षलाई समान आधारमा सन्तुलित बनाई समग्र राष्ट्रिय स्वार्थका लागि प्रयोग गर्ने चिन्तन राष्ट्रवादी विचारधारा हो ।
राष्ट्रभित्र सिर्जना हुन सक्ने द्वन्द्व, तिरस्कार, बेमेल, निषेध, विभेद, हिंसा, अन्याय, घातलगायत कार्य राष्ट्रियता र राष्ट्रवादका परम् शत्रु हुन् । अत: समग्र राष्ट्रको अग्रगामी चिन्तन र प्रगतिशील वैज्ञानिक विचारधाराद्वारा राष्ट्रियताको पक्षमा रहेका समग्र आस्था, विचार र भावनालाई एकीकृत गर्न सक्नु अग्रगामी राष्ट्रवाद हो । कुनै पनि सत्ता, पद, लालसा र सम्मानमा लिप्त नभई राष्ट्र र जनताका लागि आºनो बलिदान गर्नसक्ने निष्ठावान् र आस्थावान् व्यक्ति मात्र सच्चा राष्ट्रवादी हुन सक्छ ।
माटो र स्वाभिमानको अन्तरसम्बन्ध दर्शाउने तत्त्व माटो (भूगोल) तथा सिमाना रक्षाको पक्षमा स्वाभिमानी पक्षपाती संस्कार बोक्ने विचार राष्ट्रवाद हो । राष्ट्रका लागि त्याग, तपस्या, समर्पण र बलिदान दिने प्रण राष्ट्रवादी संकल्प हो । बहुआयामिक, बहुल सामाजिक क्षेत्रका विविधतालाई एकताबद्ध गर्ने आदर्श संस्कार नै सामाजिक राष्ट्रवाद हो । यसैगरी, जाति, धर्म र संस्कारको साझा सम्बन्ध र आचरणको परिपालना गर्ने/गराउने कार्य राष्ट्रवादको सूत्रधार हुन् । जनताका क्षमता र जनशक्ति स्रोतको एकीकृत प्रयासबाट समग्र राष्ट्रको कल्याण गर्न सक्ने कार्य ऊर्जाशील शक्ति पनि राष्ट्रवादी शक्ति हो ।
देशको स्वाभिमान, सार्वभौम, स्वतन्त्रता, स्वाधीनता र पहिचानबाट राष्ट्रको राष्ट्रिय अस्मिता जगेर्ना हुन्छ । राष्ट्रिय अस्मिता र अखण्डताको संरक्षण गर्नु समग्र राष्ट्रवादी जनताको प्रमुख कर्तव्य हुनुपर्छ । राष्ट्र, राष्ट्रिय एकता र राष्ट्रियताको मजबुत खम्बाले देशको सार्वभौमता र स्वाधीनताको रक्षा हुन सक्छ । सामूहिक अस्तित्व, पहिचान र सद्भावबाट मात्र राष्ट्रियताको भावना संरक्षित हुन सक्छ । मुलुकमा रहेका विभिन्न पक्षपाती संस्कार र विचारलाई राष्ट्रियताको पक्षको एकीकृत मालामा उनेर राष्ट्रिय हितको जगेर्ना गर्न सक्नुपर्छ ।
राष्ट्रको मौलिक राष्ट्रिय प्रतीक र पहिचानको विकास हुनुपर्छ । राष्ट्रियताको मूल आधार नै देशभक्ति हो । जनतामा राष्ट्रिय सचेतना र देशभक्तिको विकास हुनुपर्छ । राष्ट्रप्रतिको एकात्मक भावना राष्ट्रियता हो । राष्ट्रियताको बलियो आधार राष्ट्रवादी तत्व हुन् । राष्ट्रप्रतिको नि:स्वार्थ त्याग र बलिदान नै सच्चा राष्ट्रवादी हो । जसले राष्ट्रिय स्वार्थ र हितको पक्षमा आफ्नो स्वाभिमानलाई स्थापित गरेको हुन्छ । जब राष्ट्रमा विखण्डता, अराजकता, दण्डहिनता, मतभेद उत्पन्न भई देशको अस्तित्वसमेत समाप्त हुन सक्ने अवस्था आउँछ, त्यसबेला राष्ट्रलाई राष्ट्रवादी र देशभक्ति भावनाको आवश्यकता पर्छ । त्यसबेला राष्ट्रवादको भावनाले मात्र राष्ट्रको अस्तित्वको रक्षा गर्न सक्छ ।
राष्ट्रिय समाजभित्रको सहिष्णुता, सद्भाव, सदाचार, प्रेम, अहिंसा, शान्ति नै राष्ट्रियताको केन्द्र बिन्दु हो । एकीकृत समाज भनेको राष्ट्रको समुच्च महान् आफ्नो भिन्न र स्वतन्त्र मौलिक अस्तित्व रहेको समाज ‘नेसनल सोसाइटी’ राष्ट्रिय समाज हो । यो महान् नेपाली समाजबाट निर्मित भएको मूल सामाजिक शक्ति नै हाम्रो अस्तित्व र पहिचान हो । यो समाजले विश्वमा हामीलाई ‘नेपाली’ भनेर पहिचान र सम्मान दिएको छ । अत: विविधतामा रहेको समग्र समाजलाई समायोजन गरी एकता सूत्रमा आबद्ध एकीकृत समाज निर्माण गर्न राष्ट्रियताभन्दा अर्काे मूल्य र मान्यता छैन । सामाजिक पक्षमा समाजको बहुपरिचयात्मक क्षेत्रभित्र महत्वपूर्ण सामाजिक परिवारको फराकिलो गोलबन्दीमा सहिष्णुता, सद्भाव, मानवता र बहुलवादमा आधारित स्वतन्त्र समाजको आदर्शले नै सामाजिक राष्ट्रवादको रूपमा चित्रण गरेको छ ।