अनखबर माघ १३, अर्घाखाँची। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अर्घाखाँचीमा अबैध काठ कब्जा गरेको छ ।
सितगंगा नगरपालिका वडा न ११ मा रहेको प्रगतिशिल बैज्ञानिक सामुदायिक वनमा रहेको काठ कब्जा गरिएको भन्दै झण्डा गाडेको छ ।
उपमोक्ता समितिका अध्यक्ष र काठ ठेकेदारको मिलोमतोमा अबैध रुपमा काठको विक्री वितरण बढेको भन्दै सोमबार जिल्ला काठ कब्जा गरी पार्टीको झन्डा गाडेको हो । काठ स्थानीय बासिन्दा र जनसरकारको सल्लाह विना चलाउन नपाइने परिषदले जनाएको छ ।