अनखबर माघ १३, दक्षिण कोरिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निकट अन्तराष्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन आदर्श मगरको अध्यक्षतामा सौल दोङ्देमुनमा सम्पन्न भएको छ ।
बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चयन हुनुभएको छ भने प्रवक्तामा प्रकाश कार्की चयन हुनुभएको छ ।
शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरिएको छ । उक्त कमिटिमा चयन हुनुभएकाहरुको नामावली निम्नानुसार रहेको छ ।
प्रवक्तामा प्रकाश कार्की सदस्यहरुमा आदर्श मगर, प्रकाशचन्दद्र रतला, कुबेर न्यौपाने, के वस्नेत, सबराज शाही दििििपेश पेप ओलि ( क.डाइमण्ड ), बिकास ढकाल
,गोपाल बुढा मगर , कृष्ण लिम्बु, बिपिन मगर निर्मल ओलि ( क. विश्वास ), राकेश ओलि, शेखर राई, स्पन्धन राई लगायत बैठकबाट ३ जना थप गरिने बताइएको छ क्त कमिटी चयन भए पश्चात् निवर्तमान अध्यक्ष आदर्श मगर बाट सपथ ग्रहणको साथै निवर्तमान अध्यक्ष आदर्श मगरलाई संगठनको कुशल नेतृत्व र संगठन प्रतिको त्याग समर्पणको मुल्यांकन गर्दै सम्मान पनि गरिएको छ ।
निवर्तमान अध्यक्ष आदर्श मगर छिटै स्वदेश फर्किनुपर्ने भएकोले भिसा समस्याका कारण १६ महिना मै विशेष अधिवेशन गर्नुपरेको उक्त कमिटिका प्रवक्ता प्रकाश कार्किले बताउनुभएको छ ।