६ बैशाख, २०७७
बर्दिया बासगढिका हुमबहादुर विक स्याङ्जाको फेदिखोलामा पुल बनाउने काममा भन्दै २ महिना अगाडी आएका थिए । उनले २ महिनासम्म काम गरे, पेश्की रकममध्य केही घरखर्च पठाएर बाकी काम सकिएपछि पाउने आशाम थिए । तर विगत १ महिनादेखी काम चलेन, ठेकेदार पनि फरार भए त्यसपछि लकडाउन सुरु भयो उनिहरु खाने र बस्ने गर्नेमात्रै गर्थे । ३५ जनाको टोलिमध्य केही पुर्वका थिए भने आधा पश्चिमका, उनिहरुले हुँदासम्म बनाएर खाए तर पैसा र जगेडा खाना सबै सकिएपछि उनिहरु कुम्लो बाधेर घरतर्फ जान पैदल हिड्न थाले । फेदिखोलाबाट २ दिनमा उनिहरु स्याङ्जाको गल्याङ्ग नगरपालिकामा भेटिए । उनिहरुसग झोलाभरी कपडाहरु र केही थान चाउचाउ, चिउरा र पानी मात्रै थियो । वालिङ्गमा पुग्दा खाना खाएका उनिहरुले बाटोमा कतै खाना नपाईने र बाटोमा हिडदा झनै समस्या भोग्नुपरेको बताउछ्न ।


यस्तै समस्या छ वर्दिया भुरिगाउका पवक चौधरीको टोलिको पनि उनीहरु ८ जना छन, स्याङ्जाको पित्लेकमा भवन निर्माण गरिरहेका उनिहरुलाई पनि ठेकेदारले बाटोखर्च २ हजारको दरले दिएर पठाए, तर त्यसले खाना समेत पुग्दैन उनिहरुले यस्तो अबस्थाको सामना गर्नुपरेको कोभिड १९ कोरोनाको महामारीमा लकडाउन कडाई गरिएपछि हो ।


यस्ता हजारौं मजदुरहरु यतिबेला आफ्नो घरसम्म जान बाटोमा हिडिरहेका छन । उनिहरुले रातदिन नभनी घामपानी सहदै भोकै आफ्नो जन्मघर पुग्ने हतारोमा छन, बिश्व कोरोनाले आतंकित बनिरहेको बेला मजदुरहरुका समस्या ब्यवस्थापनको लागि सरकारले उचित निति नबनाउदा मजदुरहरु यो अबस्था भोग्न बाध्य छन । एकातिर गरेर खाने मजदुर वर्ग त्यसमाथि पैसा छैन र हिड्दै गन्तव्यमा जानू परेको छ, यसले हाम्रो देशको अबस्थाको बारेमा समग्र चित्र देखाईरहेको छ  । यसरी देशैभित्रका मजदुरहरुलाई उचित सतर्कता अपनाएर उनीहरुको गन्तव्यसम्म पुर्याउने खास नीति बनाउन जरुरी छ  । हरेका पालिका वा जिल्ला समन्वयले आफ्ना जिल्लाबाट अर्को जिल्लाको सिमासम्म मजदुर पुर्याईदिने र उनीहरुलाई छिटो व्यवस्थापन गर्न सकेमा एकातिर देशका नागरिकप्रतिको जिम्मेवारीपन देखिन्थ्यो भने अर्कोतिर सुरक्षाको हिसाबले पनि निकै राम्रो हुने हुँदा बाटोमा अन्नपानी बिहिन भैइ व्यवहारिसे भएकाहरुलाई व्यवस्थापन गर्नु निकै जरुरी देखिन्छ ।