-बासुदेव सापकोटा ्

पहेंलो झोली भिरेका
शरिरभरी पहेलपुरै वेसार पोतेका
वेंसीमा फुलेका प्याउली विर्साउने,
लेकका राता गुरांसलाइ फिक्का पार्ने,
भदौमा ढपक्क फुलेका ‘वोकेझार’ जस्ता,

दश अर्वले पत्ता लागेको सर्वगुणी वेसार,
औषधी विज्ञानका महाज्ञाता
नियमका महाकानुन
भ्रष्टलाइ जौतिलानी छर्केर शुध्द पार्न सक्ने,
अासेपासेलाइ मैमत्त छड्ने,
विज्ञहरू कोही छैनन्
अरू त सवै घाँस हुन,
सर्वज्ञानी, विनोदप्रिय, कवि, असली ‘वैध बा’का
हामी पंहेलपुर सेना

वाह क्या युग छ
‘वेसार युग’

मुक्तीमोर्चा सम्हालेका
ज्वाला निल्ने, चिस्यान ढाववाट धुंवा उडाएका
झिल्काहरू
विभेद र शोषण विरूद्द मेघ गर्जन गर्ने
युग वदल्न निस्केका क्रन्तिकारीहरू,
सपनाहरूको सिरानी राखी
चिहानमा अस्ताएका सहीदहरू
सोच्दा हुन,

वाह क्या युग आएछ
‘वेसार युग’

निद्रावाट व्युझिदा, निरिह पाएपछि
युवा सडकवाट प्रश्न गर्दा
हुकम भो,
यि ठेट्ना कसका आवाज वोलिहेछन?

अनि रातो झोला वोक्ने
रक्तिम मान्छे, अतंककारीहरूलाइ
हुकुम भा’ छ,
रातो झोला जव्वरजस्ती विसाएर,
पहेंलो झोली वोकी, अरिंगाल वनि
मोक्ष लिनु,

हुन पनि क्या गुण छ
वेसारेहरूमा
अाफुलाइ ‘सुको’ फाइदामा पनि
मित्र दाह गर्न सक्ने अद्भुत क्षमता भएका,
सिक्काका दुवै पाटा आफैतिर पल्ट्याउन सक्ने,
अनि आकास र पाताल संगै अगांल्न सक्ने खुवी भएका

साथी
वाह क्या युग छ
‘वेसार युग’