नेपाली कम्युनिष्ट अान्दोलनले टुटफुट र बिभाजनको ईतिहास बोकेरै अाएको छ । कम्युनिष्ट पार्टी स्थापना कालदेखी नै यो रौनक द्खिन्छ । एकता बिरलै हुने गरेपनी फुट बर्षै पिक्षे यो वा त्यो गुट समूह विभिन्न पार्टी नामको देखिएकै छन् । सिदान्तमा बिकास बिचारमा बिकास भन्दा प्रबिधिक बिषयमा भएको किचलोले नै कम्युनिष्ट एकता धरापमा पर्दै अाएको छ । २००६ सालदेखिको कम्युनिष्ट अान्दोलन यही सोच र चिन्तन प्रबृती बाट मुक्त हुन सकिरहेको छैन । बहुसंख्यक जनताहरु को रोजाईमा रहेको कम्युनिष्ट बिचार नेता बिषेषको गलत प्रबृती ले अाजित हुँदै पनि गएकाछन् । उन्नत बिचार सर्बहाराबर्गिय सिदान्त कुशल नेतृत्व , जनप्रिय कार्यशैलीको अभावले नै अाजको हबिगत देख्नु परिरहेको कुरा स्पस्ट नै छ । फुटको वास्तविक बैज्ञानिक कारण जनतामा स्पस्ट नपार्नु र सिदान्तनिष्ट एकता नगर्नुले नै फुटको तितो सन्देश बर्षैपिक्षे नेपाली जनताले सुन्नु परिरहेको छ। तसर्थ हिजो अाज सरकारी नेकपामा अाएको सुख्खा पहिरो यसैको परिणाम हो । सिद्धान्त बिहिन गठजोड लाई कम्युनिष्टहरुको एकता को हवला दिएको पार्टी हुनुको नाताले यो बिना बर्षाको पहिरो छिटै जानू पर्ने हो अझै ढिला भयो भन्नेहरुको कमी छैन । त्यही पनी एस्को काम र परिणामलाई छलफल बहस भने जरुरी छ ।
एमाले माअोवादी एकता
बिचार र सिदान्तमा बहसै नगरी भएका बिचार सिदान्त लाई दराजमा थन्काएर भएको दुई कम्युनिष्ट नामको पार्टी एकताको बेस (जग) बलियो थिएन त्यसैले ढिलो चाडो पहिरो जाने निश्चित गरेर एकताको यात्रा तय गरिएको स्वेम् एकताका सुत्रधारहरुलाई थाहा थियो । मात्रै कार्यकर्तामा नभनेको कुरा हो । यो केवल सरकार र कुर्चिमा केन्द्रित एकता थियो । फरक फरक पृष्टभुमी बोकेका दुई पार्टी एकहदसम्म कार्यकर्ताको अाखामा छारो हाल्नेमा भने सफल भएको मान्नु पर्छ । किनकी पार्टी एकताको अाधार भनेको बिचार सिदान्त हो यो पार्टी एकता ताका बिचार सिदान्त मा प्रचलित सिदान्तर बिचार दुईवटै पार्टी ले छोड्ने निष्कर्ष जसरी भयो त्यसरी नै अगाल्ने सिदान्तको बिषयमा टुग्गो नलाग्दा यो समस्या अाईरहने थियो र अायो । सिदान्त बिनाको पार्टी जीवन चलेको लामो नै मान्नु पर्छ । अबको यो पैरो लाई रोक्ने नै हो भने कि यो पार्टी ले जनताको बहुदलिय जनवाद कि एक्काईसौ सताब्दीको जनवाद मान्ने टुङ्गो नलगाई सुख छैन भने सिदान्तमा मालेमावाद अनिवार्य मान्ने निर्णय नगरी यो बेमौसमी पैरो रोकिन्न ।त्यसैले यो सत्ता लिप्साको लागि गरिएको असैदान्तीक एकता बाहेक केही हैन भ्रम र बास्तबिकता
पार्टी एकताताका यो पार्टीले निर्माण गरेका नाराहरुलाई स्मरण गर्ने हो भने अाजसम्म कयौ चमत्कार भैसकेको हुनेथियो साच्चिकै गर्ने गरि भनेको भए तर कुरो त्यसो थिएन लामो समएदेखी सत्ता संघर्षमा पछारीएका सरकारमा ९ महिना भन्दा बढी नटिकेको तिनका लागि दुखद यथार्थ को बदला लिने मनसाय ले मात्र चुनावी तालमेल लाई हौसिएर पार्टी एकताको भ्रम दिएको हो र यस्मा केहीहदसम्म सफल पनि भए । यसै लाई समाजवाद ल्याउने अबिराम यात्राहो भनी भित्र र बाहिर अर्थाउन थाले भने अर्को तिर ब्यवहारमा समाजवाद ल्याउने मन्त्रीहरु नेता हरु माननियहरु अरबौ को घोटाला गर्दै अनैतिक काममा संलग्नभएका तथ्यहरु बाहिरिए पछी समाजवाद ल्याउने हैन सबै सरकारी साधन श्रोतको दोहनगर्नेहरुको बथान हो भनी बुझ्न कुनै कठिनाई भएन । अहिलेको नेकपा भित्रको लडाई बिचारमा हैन खाएनौ र पाएनौको लडाई हो । ५० अौ बर्ष सत्ता चलाउने र समाजवाद ल्याउनेको स्थिती गोकुलबास्कोटा काण्ड सम्म अाउदा नराम्ररी उदाङ्गीयो । असल कम्युनिष्टहरुलाई कथित प्रतिबन्ध लगाएर सत्ता स्वार्थ सिद्द गर्ने केपीअोलीको बिचार सतहमा अायो र अाजको नेकपा भित्रको चर्काचर्कीको एक बिषयनै बन्यो यो सुखद बिषय नै हो । त्यसैले जेजती एकतामा गरीएका बहस र निकालिएका निष्कर्षहरु छन यी सबै भ्रम बाहेक केही होईन यस्को बास्तबिक्ता भनेको बिचार र सिदान्तमा नयाँ बिकास नगरी संभव छैन नया बिचार लाई सिध्याउने पुरानो बिचार लाई छोड्ने केपी अोली अभियान को अन्त्य अबश्यभावी छ । एकीकृत जनक्रान्तीको नया बिचार र कुशल नेतृत्वको दुर दशिता पुष्टि हुँदै जानेछ । तसर्थ भमका पछी नलागी बास्तबिक्ताको संघर्षमा सामेल हौ जित सत्यको हुन्छ । बास्तबिक्तनको हुन्छ धन्यवाद । (लेखक – विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका कालिकोटका सेक्रेटरी रडदिप हुन )