ए घाम किन अस्ताउछस् !
-शुवास जोशी,कैलाली
ए घाम किन अस्ताउछस
त अस्ताउदै गर्दा
त संगै उदाएका मेरा सपनाहरु ,
हिड्न खोज्दा तिखारिएका मेरा पाइलाहरु
निस्पट्ट अधेरीमा ,
तेजिला बनेका मेरा नयनहरु
सायद
त संगको सामीप्यता को दुरि टाढिदै जानुले होला
खोली किनारैमा सानोसानो झुपडी भित्र ..
भोकभोकै निदाएका नानिबाबुहरु ,
घरको आगनिमा भरिएका साहुमहार्जन ,
छेउ मै रहेको सहकारी बाट पठाएको.. लिलामिपत्र ,
छोराको स्कुल अनि छोरिको क्याम्पसमा बर्सौ अघि देखिको तिर्नबाकी सुल्क ,
खानेपानी , विद्युतको महसुल
आदि आदि !
जब मेरो मानसपटलमा कुदिरहन्छन
तेजिला बनेका मेरा नयन हरु मध्यरात पनि टोलाईरहन्छन
अनि ….
छेउमा राखेको गाग्री बाट एक लोटा पानी पिउदै
जब म कोल्टे फेरेर निदाउन थाल्छु
फेरि त उदाउँछस !
त उदाउँदा..
बिहानको मिर्मिरेमा
जगमगाउन थाल्छन मेरा मनमा अनेकौं
मुक्तिकामी सपनाहरू , आसाका किरणहरु
सासाकहरुको
दमन , उत्पीडन , अत्याचार , अन्यायका विरुद्ध
एकजुट हुनथाल्छन मुठ्ठीहरु !
स्वरमा स्वर मिलाउदै ,
एउटै लयमा ओकलिन्छन
आजादी का नाराहरु
बिद्रोहका नाराहरु ।।।