फूल व्यवसाय गरेर जीविकोपार्जन मात्र नभई आर्थिक उपार्जन समेत गरेका कृषकहरुलाई यो बर्ष कोरोना महामारी र मौसमको कारण फूल व्यवसायमा प्रत्यक्ष असर पर्ने देखिएको छ । बर्षेनी २५ लाख माला आवश्यक पर्नेमा यो पटक कुनै पनि कार्यक्रमहरु नहुने र तिहारमा समेत फूलको प्रयोगमा कमी आउने भएपछि विगतमा निकै फस्टाएको सयपत्री, मखमलीका फूलहरु यसपाली भने खेतमै रहने देखिएको छ । विगतमा भन्दा यसपाली फूलको माग कम भएपनि फूल व्यवसाय गरेका रुपन्देहीका कतिपय कृषकहरु कारोना महामारीको बीचपनि खेतमा रमाउँदैछन् ।

लुम्बिनी प्रदेशलाई फुलैफुलको राजधानी बनाउने भन्दै लुम्बिनी पुष्प व्यवसायी संघले तालिम तथा फूलका बेर्नाहरु वितरण गरेर धेरै कृषकहरुलाई पुष्प व्यवसायमा हौसायो । सोहीअनुरुप लुम्बिनीका रुपन्देही, पाल्पा, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा पुष्प खेती गर्नेहरु ह्वात्तै बढे । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विदेशी खादा र प्लाष्टिकजन्य पदार्थहरुको प्रयोगमा रोक लगाएर स्वदेशी पूmलको माला प्रयोग गर्ने रणनीति नै बनायो । यही नितीअनुरुप कयौं किसानहरुलाई अनुदान, कृषि उपकरण,तालिम लगायतका वस्तुहरु वितरण गरेपछि किसानहरु पुष्प खेतीतर्फ हौसिएका थिए । “व्यावसायिक पुष्प खेती गरौं,आत्मनिर्भर बनौं, आयात होइन निर्यात गरौं,” भन्ने नारा नै तय गरेर पुष्प खेतीका तालिम तालिम,उपकरण सहयोग दिएपछि किसानहरु पुष्प व्यवसायमा कृषकहरु हौसिएर लागेको (लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेयले बताए
विदेश निर्यात गर्ने लक्ष्य बिगतमावर्षहरु तिहारमा धेरै कृतिम फूलका मालाहरु भैरहवा भन्सारबाट आउने गर्दथे । विस्तार त्यो क्रमशः घटिरहेको थियो । अहिले चाहिँ कोरोना कारण पनि विदेशबाट कृतिम मालाहरु नआएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । अर्कोतिर तिहार मनाउने क्रम खासगरी सयपत्री, गौदावरी मखमली फूल प्रयोग गर्ने प्रचलन रहेको छ । कृतिम माला लगाउँदाभन्दा यहाँरुका फूलका माला नै लगाउँदा आन्नद मान्नेहरु धेरै छन् । प्रदेश सरकारले पनि प्रदेशमा ४ ठाउँहरु फूल संकलन केन्द्र र बिक्री केन्द्र स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता दिएकोले आफूहरुले छिटै विदेशमा निर्यात सफल हुनेमा आशाबादी बनेका किसानहरुलाई कोरोनाले निराशाबादी बनाएको छ ।
पुष्पजन्य खेतीको लागी लुम्बिनी प्रदेशको कृषी मन्त्रालयले समेत विशेष योजनाहरु बनाएको छ । पुष्पखेती अनुगमन गर्दै कृषीमन्त्री आरती पौडेलले प्रदेशलाई उत्पादनको रुपमा चिनाउन पुष्प व्यवसायी र किसानहरुलाई लक्षित कार्यक्रमहरु ल्याएको बताईन । प्रदेशले खेती गर्ने जमिन उपलब्ध गराउनेदेखी कृषी औजार, विउ, तालिम, अनुदान लागयतमा समानुपातिक वितरण गर्दै गरको मन्त्रीले बताईन् ।

कृषि औजारको अभाव, चिस्यान केन्द्र नहुँदा लामो समयसम्म पूmलहरु फुलिरहन नसक्ने, छाडा चौपायहरुबाट बचाउन तारजालीको अभाव, जग्गा भाडामा लिनुपर्दा महँगो भाडादर, सिचाँईको समस्या जस्ता समस्याहरुले गर्दा पुष्प खेती फस्टाउन नसकेको स्थानीय कृषकहरुको गुनासो छ ।

विगतमा २ अर्ब ४२ करोडसम्मको फूलको कारोबार हुने गरेपनि अहिले ४० प्रतिशत घट्ने स्वभाविक देखिने तथ्याकं पुष्प व्यवसायीहरुसँग रहेको छ भने यसले नेपालको अर्थतन्त्रमा समेत प्रभाव पार्ने देखिन्छ । तिहारमा मात्र नभई अन्य सिजनमा समेत फूलको उत्तिकै महत्व छ , नेपालमा ४५० प्रजातिका फूलहरु लगाउने गरेको पाईन्छ । काठमाडौं उपत्यकका बाहेक बाहिरी जिल्लाहरुमा पनि विगत ३ बर्षदेखी नियमित व्यवसायीक पुष्पखेती गरेको पाईन्छ । अरुबेला मागसमेत धान्न नसकेका पुष्प व्यवसायीहरु यसपाली कोरोनाको महामारी र मौसमको प्रतिकुलताले व्यवसायीहरु निराश बनेका देखिन्छन् ।