अनखबर/ बुटवल
पछिल्लो संसद विघटनको सिफारिसपछि ओली नेतृत्वको सरकार र त्यसका मन्त्रीहरुको एउटा बडो गज्जबको राजनीति चलिरहेको छ शिलन्यासे राजनीति । प्रधानमन्त्री केपी ओलीदेखी अर्थमन्त्री बिष्णु पौडेल हुँदै प्रदेशसम्मका मन्त्री र राज्यमन्त्रीहरु सडक, पुल, औद्योगिक क्षेत्र देखी बर्षाैअघि बनेका कामहरुको उद्घाटनमा मन्त्रीको दौडधुप देखिन्छ, दृश्य यस्तो छ की शिलन्यास, उद्घाटन र शुभारम्भहरुमा रेकर्ड नै कायम गर्न थालेको छ ।
यो दृश्य नेपाल सरकारका माननीय अर्थमन्त्री विष्णु पौडेलको चुनाव क्षेत्र बुटवल १७ स्थित मोतिपूर औद्योगिक क्षेत्र को हो, यहाँका जनताले विष्णु पौडेललाई हरेक चुनावमा भोट हाल्दै आएका थिए । बदलामा विष्णु पौडेलले लालपुर्जा दिन्छु भनि धेरैपटक आश्वासन देखाए, अघिल्लो चुनावको समयमा त भोट माग्दा विष्णु पौडेलले लालपूर्जा सिरानीमा राखेर सुत्नुहोला भनेर झण्डै झण्डै लालपुर्जा बनिसकेको उद्घोष गरेका थिए । तर जनताको नाममा लालपूर्जा बन्न त परको कुरा एकाएक ३ पुस्तादेखी जोतभोग गर्दै आएको जग्गा मोतिपूर औद्योगिक करिडोरको नाममा लालपुर्जा बनेर आयो । सयौं भूमिहिन सुकुम्बासीको उठिबास लगाउने गरी माननीय विष्णु पौडेलले मोतिपुर औद्योगिक क्षेत्रको नाममा लालपूर्जा बनाएको स्थानीयहरु बताउँछन् ।

यसअघि १३ गते शिलन्यासको तयारी गरिएको मोतिपुर औद्योगिक क्षेत्रमा व्यापक विरोध भएपछि विष्णु पौडेल पछी हटेका थिए तर शुक्रबार कडा सुरक्षाका बीच विष्णु पौडेल सो क्षेत्रमा पुग्दा त्यहाँका सबै स्थानीयबासीहरु हतमा व्यानर, कालो झण्डा लिएर बगरभरी छरिएका थिए ।
जब मन्त्री कार्यक्रम स्थलमा पुगे तब जनताहरु मुर्दावादका नाराहरुले गुन्जाएमान हुन थाल्यो । बालक, बृद्ध, बुढाबुढी, महिलाहरु मनभरी निराशाबोध र आखाँभरी आसु लिएर आक्रोशित मुडमा थिए । विष्णु पौडेलसँग बसेर छलफल गर्छाै भनिरहँदासमेत सुरक्षा फौजले जबरजस्त छेकेर जान नदिएपछि अगाडी बढ्न खोज्दा लाठि चार्चसमेत ग¥यो । लाठि चार्जबाट केही मान्छेलाई घाईते बनाएपछि आन्दोलनले झन उग्र रुप लियो । यता विष्ण्ुा पौडेले बोल्दैबोल्दै महिलालाई समेत सुरक्षाकर्मीले हात हालेपछि भीडले ढुङ्गा बर्साउन थाले । भिडबाट ढुङ्गाहरु मञ्चतिरै लक्षित भएपछि विष्णु पौडेल मञ्च छोडेर हिड्ने तयारी गरे उताबाट लाईन काटियो, अतिथीहरुको भागभाग भयो । मञ्चको चारैतिर आगो लगाएर घेरा तोड्न प्रयास गरिरहेका स्थानीयलाई विष्णु पौडेल समर्थितले ढुंगाले हान्न थालेपछि तिरवितर पारेर विष्णु पौडेल त्यहाबाट भाग्न सफल भए तर उनी चढेको गाडीभरी स्थानीयले ढुंगा बर्सारहेका थिए । विष्णु पौडेलले शिलन्यास गरेको १५ मिनेटभित्रमा शिलन्यास स्तम्भसमेत भत्काईदिए, आक्रोशित भिडले मञ्चदेखी तलसम्म आक्रमणको प्रयास गर्दै थिए सयौंको संख्यामा प्रहरी परिचालन गरेर भिडलाई रोक्ने प्रयास भने गरिरहे । खासगरी ३ पुस्ता अर्थात सयौं बर्षदेखी जोतभोग गर्दै आएको किसानहरुले आफ्नो आवासको हक मागिरहेका थिए, त्यो जग्गा विद्यालयको भएको र किसानहरुले उपभोग गरेको कारण विद्यालय समेत दिन तयार नभईरहेको बेलामा विष्णु पौडेलले एकाएक लालपुर्जा लिएर धोका दिएको स्थानीय वताउछन् ।

नेपाल सरकार औद्योगिक क्षेत्र व्यवस्थापन अन्तर्गत बुटवलको सियारी, शुद्धोधन, तिलोत्तमा र बुटवल नगर गरी ४ वटा स्थानीय तहलाई समेटेर ९४६ विगाहा जमिनलाई औद्योगिक करिडोरको रुपमा मोतिपुर क्षेत्रलाई दिने गरी २०७२ चैत १ गते नै तत्कालिन मन्त्रिपरिषदले निर्णय गरेको थियो । आयोजनाको लागि विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय परीक्षण प्रतिवेदन समेत विवादका बीच तयार गरिएको थियो । आयोजनालाई चार सेक्टरमा विभाजन गरी कार्यक्रम गर्ने तयारी गरिएको थियो तर स्थानीयहरुको अवरोधको कारण सजिलै यो आयोजनाले मुर्तता पाउने भने देखिदैन ।

आफूलाई समन्वयकारी नेताको संज्ञा दिने नेता विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्राईले संयुक्त रुपमा सुरुवात गर्न लागेको सो क्षेत्रमा शिलन्यास भने सफल हुन सकेन् । आफ्नो विचारसमेत राख्न नपाएसी यता उद्योग मन्त्रालय पुगेर पत्रकार सम्मेलन गरिरहँदा उता उनीहरुले शिलन्यास गरेको क्षेत्र स्थानीयले भत्काउँदै थिए । पछिल्लो समय सरकारले औद्योगिक क्षेत्र विस्तारको लागी सप्ताहाव्यापी कार्यक्रम बनाएर अगाडी बढेको बताईरहँदा सबैतिर शिलन्यासबाहेक केही प्रगति भएको देखिदैन अझ बुटवलमा देखिएको यो असन्तुष्टका विच भएको शिलन्यासले मुर्त रुप पाउँला भन्ने आशा गर्न सकिदैन । विकास र समृद्धीका नारा घोकाएर नथाक्ने केपी ओली र तिनैका विश्वासपात्र भनिने विष्ण्ुा पौडेलले जनताहरुको सुरक्षा, जीवन र आवासको ग्यारेन्टीविना हतारिए गरेको कामले राजनीतिक उपलब्धीको लागि शिलन्यास त होला तर विकास र समृद्धि फेरी पनि मोहोरा मात्रै बन्ने पक्कापक्की छ, अझ विष्णु पौडेललाई ढुंगा नै बर्साउने र उनी चढेको गाडीमा समेत ढुंगा प्रहार गरेपछी त विष्णु पौडेलेको राजनीति भविष्य समेत बुटवलमा संकटमा पर्ने देखिन्छ ।