अनखबर
पुष्पलालको जन्म १५ असार १९८१ मा रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोराका रूपमा भएको थियो। पुष्पलालका एक दाजु गंगालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन्।

पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष बनेका थिए। विसं १९९७ मा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गंगालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैंले प्रज्वलित पार्नेछस्’ भनेका थिए । र, दाजुको यही शब्द नै पुष्पलालका निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो। विसं १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे। संघमा रहेका सदस्यले आ-आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो। संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सीपमुलकसमेत) तालिम दिन्थ्यो।भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले विसं १९९७ देखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्य रूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताको नेलसहितको फोटो सन् १९४२ मा भारत पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गरेका थिए। २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गरे। जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे।मार्क्सवाद-लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कोलकातामा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए ।उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । पछिल्लो पटक त्यही पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टीको अविछिन्न विकसित शृंखलाको रुपमा नेकपा क्रियाशील छ । यसको नेतृत्व अहिले विप्लवले गरेका छन् । पुष्पलालले नेतृत्व गरेको नेकपामाथि पञ्चायतमा जस्तै विप्लवले नेतृत्व गरेको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको थियो र अहिले ३ बुँदे सहमति गरेको छ तर सरकार पक्षले कार्यान्वयन नगरेको भनी सरकारको सर्वत्र आलोचना भइरहेको छ । २००६ सालमा कोलकातामा भारत कम्युनिस्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उनको जीवनमा नयाँ मोड ल्यायो। त्यसबखत पुष्पलाल पश्चिमबंगालका कम्युनिस्ट नेता ज्योति बसुको नजिक थिए। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार-प्रसार गर्न कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरे। सम्भवतः नेपाली भाषाको सबैभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उनको विवाह साहना प्रधानसँग भएको थियो। २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ मा पार्टी प्रभाव विस्तार गर्न तेह्रथुम पुगे । २०१६ सालमा उनले सोभियत संघमा सम्पन्न कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीन भ्रमण गरेका थिए । १ पुस २०१७ को काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिस्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरे। कांग्रस र कम्युनिस्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको ७ साउन ०३५ मा भारतको नयाँदिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका क्रममा निधन भयो।बि.सं. १९९७ सालमा उहाँका दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु एकदिनअघि भद्रगोल जेलमा भेट्न जाँदा गंगालालले “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्“ भन्नुभएको थियो । आफ्नो दाजुको यही शब्द नै कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको मानिन्छ । नेपाली वाम प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान उच्च रहेको छ । उहाँको राजनीतिक जीवन नेपाली राष्ट्रिय काङ्गे्रसबाट सुरु भएको थियो । पछि कांग्रेसमा किचलो बढ्दै गयो र उहाँलाई सो बाटो मन नपरेपछि उहाँ कम्युनिष्ट आन्दोलन तर्फ लाग्नुभयो । म्याट्रिकसम्म मात्र औपचारिक शिक्षा हासिल गर्नुभएका पुष्पलाल स्वअध्ययनबाटै दर्शनशास्त्र, इतिहास, राजनीति, समाजशास्त्रमा दख्खल राख्नुहुन्थ्यो ।पुष्पलालको विवाह साहना प्रधानसँग भयो । पुष्पलाल बि.सं.२०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ सालमा पार्टीको प्रचार प्रसार तथा संगठन बिस्तार गर्न तेह्रथुम पुग्नुभएको थियो । ०१६ सालमा उहाँले सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको थियो भने सोही वर्ष चीनभ्रमण गर्नुभएको थियो । २०१७ सालमा नेपालमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागेपछि पनि पुष्पलाल भूमिगत निर्वासित जीवनमा पनि नेपाल कम्युनिष्ट पार्टीलाई जिवन्त र संगठित गर्न निरन्तर लागिरहनुभयो । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने पहिलो नेता नै पुष्पलाल हुनुहुन्थ्यो । बि.सं. २०१६ सालमा मोहनविक्रम सिंहले पुष्पलाललाई गद्दार घोषणा गरे ।