लेनिनले लेखेका छन् कम्युनिस्ट पार्टीका लागि सिद्धान्त, राजनीतिक, सङ्गठनात्मक प्रणाली कम्युनिस्ट पार्टीको लागि सबैभन्दा प्राथमिक महत्वको विषय हुन जान्छ । मुख्यत सिद्धान्त नै हो । त्यसपछि राजनीतिक लाइन आउँछ अनि सङ्गठनात्मक प्रणाली नै हो । सिद्धान्त र राजनीतिक लाइन सही भएपनि सङ्गठनात्मक प्रणाली सही र सुदृढ भएर जान्छ।
माक्र्सवादी–लेनिनवादी दर्शनको इतिहासमा सङ्गठनात्मक प्रणालीको विकासमा लेनिनको विशेष योगदान रहेको छ । सङ्गठनात्मक प्रणालीको विकासको क्रममा लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्तलाई प्रतिपादन गरे र त्यसको आधारमा कम्युनिस्ट पार्टीलाई नयाँ प्रकारले सङ्गठित गर्नुपर्ने आवश्यकतामा जोड दिए । लेनिनवादी सङ्गठनात्मक विकासको क्रममा हामीले माक्र्स–एङ्गेल्सको समयमा सङ्गठन प्रणाली अन्य बुर्जुवा पार्टीहरूको जस्तो खुकुलो प्रकारको थियो । त्यसप्रकारको सङ्गठन प्रणालीलाई बदलेर लेनिनवादी ढाँचामा लैजानको लागि लेनिनले आफ्नो जीवनभरि नै कडा सैद्धान्तिक र सङ्गठनात्मक सङ्घर्ष गर्नु परेको थियो । त्यो सङ्घर्ष मुख्य रूपले अराजकतावादी चिन्तनको विरुद्ध लडनु परेको थियो । त्यसप्रकारको सङ्घर्षद्वारा नै लेनिनवादी सङ्गठनात्मक प्रणालीको सिद्धान्तको प्रतिपादन गरिएको थियो ।
माक्र्सवादी–लेनिनवादी दर्शनको इतिहासमा सङ्गठनात्मक प्रणालीको विकासमा लेनिनको विशेष योगदान रहेको छ । सङ्गठनात्मक प्रणालीको विकासको क्रममा लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्तलाई प्रतिपादन गरे र त्यसको आधारमा कम्युनिस्ट पार्टीलाई नयाँ प्रकारले सङ्गठित गर्नुपर्ने आवश्यकतामा जोड दिए । अनि कम्युनिष्ट पार्टी संचालनको नीति तथा सिद्वान्तको महान लेनिनले प्रतिपादन गरेको थिए आजसम्म त्यसै सिद्वान्तको आधारमा हरेक कम्युनिष्ट पार्टीहरु संञ्चालित र परिचालित हुने गरेका छन् । त्यही संगठनात्मक सिद्वान्तका बिधिलाई लेनिनबादी संगठनात्मक सिद्वान्त भनिन्छ ।लेनिनले संगठनात्मक सिद्धान्तहरुको चर्चाका सिलसिलामा जनवादी केन्द्रीयता माथि अत्यन्त जोड दिएका छन् तर अर्कोतिर त्यसलाई यान्त्रिक रुपमा ग्रहण गर्ने कुराको जोडदार किसिमले विरोध गरेका छन् । संसारका विभिन्न देशहरुमा जनवादी केन्द्रियता सम्बन्धी सही समझदारीको अभावको परिणाम यो भएको छ के दलाल संसदीय पुजीवादी ब्यवस्थाका पुजारी या दक्षिणपन्थी अवसरवादीहरुका हातमा क्रान्ति पुगेको छ। कम्युनिष्टहरुलाई हाँक्ने र यसरी उनीहरुलाई गैर–क्रान्तिकारी रूप दिशा दिने उनीहरुलाई उपयोग गर्ने एउटा शक्तिशाली हतियार भएको छ । लेनिनले केन्द्रियता सम्बन्धी द्वन्द्वात्मक दृष्टिकोणले माओको नेतृत्वमा चीनको महान सर्वहारा सांस्कृतिक क्रान्तिका दौरानमा उच्चतम रुपमा विकास गर्यो । जनवादी केन्द्रीयता सम्बन्धी अधिभूतवादी दृष्टिकोणको परिणामस्वरुप विभिन्न प्रकारका अवसरवादीहरूले क्रान्तिकारी कम्युनिस्टहरुबाट नाजायज फाइदा उठाउन नपाउनन् भन्नाका लागि सच्चा कम्युनिष्टहरुलाई जनवादी केन्द्रीयताबारे सही लेनिनवादी संगठनात्मक पदति अपनाउनु आवश्यक छ ।
जनवादी केन्द्रीयतालाई सहीरुप दिनाको लागि सिद्धान्त र सर्वहारा क्रान्तिको हितहरू अंन्तर्गत हुनुपर्दछ । त्यसले जनवादी र अंन्तरपार्टी संङघर्ष अधिकारको रक्षा गर्नु पर्छ ।
लेनिनले जनवादी केन्द्रीयताको व्याख्याको सिलसिलामा के कुरामा जोड दिएका छन । महाधिवेशनका निर्णयहरु र त्यसमा सम्पन्न चुनावहरु पार्टीका निर्णयहरु हुन् र सबै पार्टी संगठनहरु माथि लागु हुन्छन्, जुन सुकै बहानामा पनि कसैद्वारा त्यसलाई चुनौति दिन सकिन्न, अर्को महाधिवेशनमा नै तिनीहरुलाई काट्न सकिने छ वा संशोधन गर्न सकिने छ ।
महाधिवेशनद्वारा स्वीकृत पार्टी नियमावलीको भनाई हो र त्यसलाई लेनिन आफ्ना रचनामा उद्धृत गरेका छन् । केन्द्रिय समितिका निर्णयहरु र निर्देशनहरु पूरै पार्टी माथि लागु हुन्छन् तर उक्त दुवै प्रश्नहरूमा लेनिनको दृष्टिकोण अधिभूतबादी वा यांत्रिक नभएर द्वन्द्वात्मक छ लेनिनले माथिका दुबै कुराहरूमा निरपेक्ष किसिमले विचार नगरेर सम्बन्धित परिस्थिति माथि ध्यान राखेर विचार गर्ने कुरामा जोड दिन्छन् महाधिवेशन जसलाई एकता महाधिवेशन भनिन्छ मेन्शेविकहरुको बहुमत भयो त्यसमा उनीहरुको बहुमत यस कारणले हुन गयो कि, जस्तो कि सोभियतसंघ कम्युनिस्ट पार्टीका इतिहास (वो) मा भनिएको छ, १९०५ मा मेन्शेविकहरुले आफ्नो पंक्तिमा ठूलो संख्यामा निम्न पुँजीवादी बुद्धिजीवीहरूलाई भर्ना गरेका थिए ।
क्रान्तिकारी माक्र्सवादसित यिनीहरुको कुनै पनि सम्बन्ध थिएन ।यस प्रकारका कैयौं कुराहरूको परिणाम यो भयो कि स्टकहोम कांग्रेसमा मेन्शेविकहरूको बहुमत रहर्यो यद्यपि यो सही हो कि त्यो नगण्य थियो । यसरी स्पष्ट छ, मुख्यतः क्रान्तिकारी माक्सवादसित कुनै पनि सम्बन्ध नभएका निम्न पूँजीवादी बुद्धिजीवीहरुलाई मेन्शेविकहरूले प्रतिनिधिको रूपमा ल्याएको हुनाले नै त्यो महाधिवेशनमा उनीहरूको बहुमत भएको थियो र त्यसले कैयौं प्रश्नहरूमा गलत निर्णयहरु लियो महाधिवेशनमा त्यो अबस्थामा लेनिनले महाघिवेशनमा भाग लिएका प्रतिनिधिहरूका तर्फवाट पार्टीका नाममा प्रसारित एउटा अपीलमा यो मत प्रकट गरे हामीले महाधिवेशनका ती निर्णयहरु, जसलाई हामीले गलत ठान्दछौ तीका विरूद्ध संघर्ष गर्नु पर्छ र गर्नेछौं तर त्यसका साथै पूरै पार्टीका अगाडि हामीले यो घोषणा गर्दछौं कि हामी कुनै पनि फूटका विरुद्ध छौं । हामी महाधिवेसनका निर्णयहरूलाई मान्ने पक्षमा छौं तर त्यसका साथै पार्टीसित सम्बन्धित प्रश्नहरुमा व्यापक र स्वतन्त्र बहस हुनुपर्दछ । कमरेड्ली आलोचना र आत्माआलोचनाले पार्टी जीवनका घटनाहरूको सिंहावलोकन हुनुपर्छ। हामीले पार्टीका सबै सदस्यहरूलाई महाधिवेशनका निर्णयहरू बारे सावधानीपूर्वक सिंहावलोकन गर्न अनुरोध गरेका छौ र विचार, अर्थात् अर्को कुनै कुरालाई हेर्ने उनको द्वन्द्वात्मक दृष्टिकोण ,आवश्यकता अनुसार आफ्नो विचारहरू सृजनात्मक विकास गर्ने उनको पद्धति । उनका विचारहरुलाई ठीकसँग बुझ्नका लागि उक्त दुवै कुराहरुलाई ख्याल राख्नु पर्दछ । तर कतिपय मानिसहरूले लेनिनका विचारहरूलाई समग्र र द्वन्द्वात्मक अर्थमा बुझ्नुको सट्टा उनका रचनाहरूवाट एउटा वा अर्को विचार टिपेर प्रस्तुत गर्दछन् त्यसरी उनीहरूले जुन निष्कर्षहरू निकाल्छन् ती प्रायशः स्वयं लेनिनवादी सिद्धान्तहरूका विरूद्ध हुन्छन्।अवसरवादीहरुले प्रायशःत्यही गलत र अधिभूतवादी तरिका अपनाउनछन् ।
लेनिनले केन्द्रीय समितिको निर्णय पूरै पार्टीमाथि लागु हुने नियमलाई पनि निरपेक्ष र अधिभूतवादी किसिमले लिएका छैनन् । केन्द्रिय समितिलाई त्यस प्रकारको अधिकारपूरै पार्टी माथि आफ्नो निर्णय र निर्देशनहरुलाई लागू गर्ने अधिकार त्यो बेला नै हुन्छ जब त्यो केन्द्रिय समिति स्वयं अनुशासनमा बस्छ तर त्यसले स्वयं अनुशासनको उल्लंघन गर्न थाले पछि त्यसका निर्णयहरु वा निर्देशनहरु पनि अवैधानिक हुन्छन् त्यो अवस्थामा तल्ला कमिटी वा पार्टी सदस्यहरु ती अवैधानिक निर्णयहरू मान्न बाध्य हुन्नन् । लेनिन लेख्दछन्न् । केन्द्रिय समितिका निर्णय र निर्देशनहरू पूरै पार्टी माथि लागू हुने कुरा महाधिवेशनका निर्णयहरुको सीमा भित्र नै लागू हुन्छन् ।१९०६ मा केन्द्रीय समितिले, जसमा मेन्शेविकहरुको बहुमत थियो, कैडेटहरुसित गठबन्धन गर्ने निर्णय गर्यो त्यो कुराको चर्चा गर्दै लेनिनले लेख्छन् ।त्यसले मेन्शेविकहरु पार्टीको अवसरवादी पक्ष भएको कुरा प्रष्ट गर्यो । उनले अगाडि लेख्दछन् हामीले क्याडेटहरुसित गठबन्धन गर्ने कुराका विरुद्ध निर्मम संधर्ष चलाई राखेका छौं, र त्यो संघर्ष सम्भव भएसम्म व्यापक रुपमा चलाउनु पर्दछ । महाधिवेशनले क्याडेट मंत्रिमंडल माथि ‘दबाव हाल्ने उपयोग गर्ने र विरोध गर्न निर्णय गरेको थियो । तर त्यो भनाईको तोडमोड गरेर उनीहरुले गठबन्धन गर्ने” निर्णय गरे त्यो निर्णय महाधिवेशनको स्प्रिटका विरुद्ध थियो । त्यसकारण लेनिनले यो स्पष्ट गरे महाधिवेशनका निर्णयहरुका घेराहरुभित्र रहेर हामीला त्यो निर्णयको विरोध गर्नु हाम्रो अधिकार र कर्तव्य हुन्छ ।
पार्टी भित्र एकता र संघर्षका बीचमा कसरी सन्तुलन कायम गर्ने ? त्यो प्रश्न माथि प्रकाश पार्दै लेनिन लेख्छनः सैद्धान्तिक संघर्ष र सर्वहारा पार्टीको अनुशासन लाई कसरि कार्यको एकता, बहस आलोचना आत्माआलोचना र स्वतंत्रता अनुशासन नै अग्रिम वर्गको योग्य हुन्छ । यो लेनिनवादी सिद्धान्तले सर्वहारा पार्टी द्वन्द्वात्मक प्रकृतिमाथि राम्ररी प्रकाश पार्दछन्। लेनिनले सर्वहारावर्गको संगठनलाई सधै अत्यन्त महत्व दिए । लेनिनले भन्दछन् संगठन नै सबै थोक हो तर यो कुरालाई पनि लेनिनले यान्त्रिक अर्थमा हेर्दैनन् । लेनिनले लेख्दछन् संगठनको अर्थ हो कार्यको एकता, व्यवहारिक कामहरुमा एकता तर निश्चय पनि कुनै कार्य मूल्यवान खालि त्यो बेला, त्यसकारण त्यो बेलासम्म यसले कामहरुलाई अगाडि बढाउन मद्दत गर्छ ,पछाडि हटाउन होइन; जबसम्म यसले सर्वहारावर्गलाई सैद्धान्तिक रुपले एकताबद्ध पार्न माथि उठाउन मद्दत गर्दछ, तर त्यसलाई गिराउने, भ्रष्ट बनाउने वा कमजोर पार्न होइन । सिद्धान्त माथि आधारित नभएको संगठन अर्थहीन हो र व्यवहारमा मजदूर वर्गलाई सत्तारूढ पुँजीपति वर्गको औजारमा बदल्दछ । त्यसकारण सर्वहारावर्गले बहस र आलोचना र आत्माआलोचना स्वतंत्रता कार्यको एकतालाई समर्थन गर्छ । त्यसकारण वर्ग सचेत मजदूरहरूले कहिल्यै पनि बिर्सन हुन्न कि सिद्धान्तहरुको गंभीर उल्लंघन ले सबै संगठनात्मक सम्बन्धहरुको विच्छेदलाई कार्यकारी बनाउँछन । यसरी लेनिनले सिद्धान्तहरुको गंभीर रुपले उल्लंघन भएपछि जनवादी केन्द्रियता र अनुशासनलाई पालन गर्ने कुरा परै छ, संगठनसित नै सम्बन्ध विच्छेदमा जोड दिन्छन् र त्यो अवस्थामा विद्रोहलाई पनि उचित ठहराउछन् । अनुशासन र जनवादी केन्द्रीयतालाई अधिभूतवादी वा यांत्रिक अर्थ अपनाउने कुराको लेनिन कति घोर विरोधी रहेछन्। त्यसबाट सिद्धान्त पार्टी क्रान्तिका हितहरु भन्दा माथि अनुशासनलाई राख्ने कुरासित लेनिनवादको टाढाको सम्बन्ध नरहेको कुरा हो।
विद्रोह वारे पनि लेनिनले क्रान्तिकारी किसिमले विचार गर्दछन् । उनी लेख्दछन,जब क्रान्तिकारी पक्षले अवसरवादी पक्षका विरुद्ध संघर्ष गर्दछ, त्यो राम्रो कुरा हो जब अवसरवादी पक्षले क्रान्तिकारी पक्षका विरुद्ध विद्रोह गर्दछ, त्यो नराम्रो व्यवहार हो । यसरी लेनिनले कुनै पनि कुरा माथि विचार गर्दा कोरा सैद्धान्तिक किसिमले बिचार नगरेर सर्वहारा क्रान्तिको प्रश्नलाई सबै भन्दा माथि राख्दछन् र क्रान्तिलाई मद्दत पु¥याउने कुरालाई राम्रो तथा नोक्सान पुराउने सबै कुराहरू लाई खराब भन्छन ।लेनिनले पार्टी भित्रको अन्तरसंघर्षका क्रममा सबै व्यक्तिगत कटुता गुटहरुका कलह झगडाहरू दुव्र्यवहारहरू र फूटहरूलाई क्रान्तिकारीहरू र अवसरवादीहरुका दुई कार्यनीतिहरूका तुलनामा क्षुद्रकुरा भन्दछन् र लेनिनले लेख्दछन् कि इतिहासको विकास क्रममा हाम्रा झगडा र फूटहरू बिर्सिने छन् तर कार्यनीतिक सिद्धान्तहरु लेनिन आफ्ना रचनाहरूमा टेक्टिस शब्दलाई पनि रणनीतिका अर्थमा बुझ्छन्न । रूसको समाजवाद र मजदूर आन्दोलनको इतिहासमा आधारशिलाका रुपमा रहनेछन् । त्यसरी लेनिनले दुई लाइन संघर्षको क्रममा अन्य सबै कुराहरूलाई क्षुद्र वताए र सिद्धान्तको पक्षलाई सर्वोपरि राखे त्यही सिद्धांत अनुरूप पछि। माओले राजनीतिलाई सबै कुराहरु भन्दा माथि राख्ने कुरामा जोड दिए । लेनिनले रूसका मेन्शेविकहरू वा अन्य देशहरूका पार्टीमा दुई लाइन संघर्षमा सैद्धान्तिक पक्षलाई भन्दा अन्य विषयहरूलाई माथि राख्ने कुराहरूको हमेशा विरोध गरे र त्यसलाई असैद्धान्तिक कुरा भने । माओले लेनिनको अन्तरपार्टी संघर्ष सम्बन्धी द्वन्द्वात्मक शोंचाईलाई अझ अगाडि बढाए र त्यसलाई उच्चतम रूपमा पुर्याए । माओले एकपल्ट एकजना कामरेडसित सोधेका थिए केन्द्रीय समितिमा संशोधनवाद देखा प¥यो भने तिमीले के गर्ने छौ ? यसवारे माओले आफ्नो विचार यसरी प्रकट गरेका छन् हाम्रो सधैं यो बिचार रहेको छ कि जब केन्द्रीय एजेन्सीहरूले खराब कामगर्दछन् , मैले स्थानीय संगठनहरुलाई विद्रोह गर्न र केन्द्रमाथि आाक्रमण गर्न आवाहान गर्ने छु ।
उनले त्यो कुरालाई अरू स्पष्ट गर्दै भने माक्र्सवादमा हजारौं सत्यहरू छन्, तर ती सबैलाई एउटै वाक्यमा भन्न सकिन्छ विद्रोह गर्नु न्याय हो ।
जब चीनमा केन्द्रिय समितिमा संशोधनबादीहरुको नेतृत्व कायम भयो माओले महान सर्वहारा सास्कृतिक क्रान्ति शुरुआत गरे र केन्द्रिय कार्यालय माथि बम बर्षाउ जस्ता क्रान्तिकारी नारा दिनु भयो। माओले जब पार्टीको दक्षिणपंथी संशोधनबादी नेतृत्वका कारणले क्रान्तिका उपलब्दिहरु माथि गम्भिर खतरा देखे माओले पार्टी भित्रको संघर्षलाई सडक र आम जनतामा पुर्याउनु । महान सर्बहारा समस्कृतिक क्रान्तिको मुर्तरुप दिनु थियो ।
क्रान्तिको हित र पार्टी को अनुशासन भन्दा माथि राखेका थिए सास्कृतिक कान्तिलाई एसबाट नै प्रष्ट हुन्छ ।संसारभरिका कम्युनिष्टहरुले शिक्षा ग्रहण गर्नु पर्ने अवस्ता आयको छ । पार्टीको संगठन र अनुशासन सर्बहारा क्रान्तिलाई अगाडि बढाउनका लागि हुन्छ । यदि त्यसमा संशोधनबादीहरुको प्रभुत्व कायम हुन्छ भने त्यसप्रकारको संगठन क्रान्तिकारीहरुको लागि कुनै अर्थ र महत्व राख्दैन । जनबादी केन्द्रियता प्रतिक त्यसप्रकारको यान्त्रिक र अधिभुतबादी दृष्टिकोण बास्तवमा विश्व क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको पतनको एउटा मुख्य कारण बनेको छ र आज जनबादी केन्द्रिताले विश्वब्यापी रुपमा क्रान्तिहरु संशोधनबादीहरुको सेवा गर्न पुगेको छ । विश्व कम्युनिष्ट आन्दोलनको अनुभवबाट संसारभरीका कम्युनिष्टहरुले शिक्षा लिएर त्यसलाई सिद्वान्त र क्रान्तिको हितहरुका अधिन राख्ने ,त्यसलाई जनबाद र अन्तर पार्टी संघर्षको अधिकारको सिमाभित्र नै बुझ्ने गह्रण गर्ने र पालना गर्नु पर्दछ । त्यो अबस्थामा जनबादी केन्द्रियताले सहि यथार्थबादी र क्रान्तिकारी रुप लिनेछ , क्रान्तिको सेवा गर्ने र क्रान्तिलाई अगाडि बढाउने छ । माक्सबाद -लेनिनबाद- माओबादको बिकाश र पार्टीमा देखा पर्ने दक्षिणपन्थी नेतृत्वका बिरुद्व बिदोह उत्रिनु र संघर्षलाई तीब्र पार्नु हो । समाजवादी क्रान्तिहरु विश्वमा सफल र असफ भएकादेशहरुमा पनि दक्षिणपन्थी तत्वहरु एकपल्ट ठुलो भागले जनबादी केन्द्रियता र अनुशासन प्रतिको यान्त्रिक वा अधिभुतबादी दृष्टिकोणका कारणले उनिहरुको नेतृत्वलाई र उनीहरुका गैर क्रान्तिकारी निर्णय र निदेशनहरुलाई स्वीकार गर्ने गर्दछन । यो पृष्टभुमिमा कोरा प्रकारका जनबादी केन्द्रियता र अनुशासन होईन , तर तिनिहरु बारे लेनिनबादी मान्यताहरुको पुनस्थापना कम्युनिष्ट पार्टीका लागि निर्णयात्मक महत्वको कुरा बन्न गएको छ । जनबादी केन्द्रियामा हरेक सदस्यलाई कमिटिभित्र खुलस्त रुपमा धक फुकाएर छफफल गर्ने अधिकार हुन्छ । हरेक पार्टी सदस्यहरुले मनमा लागेका कुराहरु ब्यक्त गर्न दिनो पर्दछ र उपल्लो कमिटिबाट आएका सर्कुलहरु वा निर्देशनमा चित नबुझे त्यसबारे सोही कमिटि भित्र छलफल चलाउनु र त्यो कुरा उपल्लो कमिटिमा पठाउन पाईन्छ। केन्द्रिय कमिटिले पनि त्यसमा नियन्त्रण गर्न पाउन्न र त्यसो गर्नु पार्टीको बिधान र दस्तावेज बिरुद्वको कुरा र नोकर शाही कुरा हुन्छ । यदि कुनै उच्च कमिटि वा केन्द्रिय कमिटिले त्यसो गरेमा त्यसले पार्टीको एकता वा अनुशासन लाई कमजोर पार्दछ र पार्टी र क्रान्तिलाई गलत दिशामा लैजान्छ । त्यो स्थितिमा त्यसका बिरुद्व संघर्षमा उत्रिनु सबै पार्टी सदस्यहरुको कर्तब्य हुन्छ । केन्द्रिय नेताहरुको आलोचनालाई दवाउने वा बदला लिने नितिलाई अनुशासनको उल्लघन र त्यसका बिरुद्व दृढतापुर्बक संघर्ष गर्नु पर्ने कुरामा जोड दिएको छ । महान सर्बहारा सास्कृतिक क्रान्तिले केन्द्रियता र जनबाद अनुशासन र स्वतन्त्रता दुबैमा जोड दिएर बास्तबमा महान सर्बहारा सास्कृतिक क्रान्तिको स्प्रिटलाई पकडने प्रयत्न गरिएको थियो ।दक्षिणपंन्थी अबसरबादीहरुले आलोचनालाई दबाउनका लागि नै उनीहरुले त्यस प्रकारको नौकरशाही र प्रतिशोधात्मक ब्यवहार गर्दछन् । माओको नेतृत्वमा सुरु भएको महान सर्बहारा सास्कृतिक क्रान्तिले सिद्वान्त संङगठन सम्बन्धी लेनिनबादी सिद्वान्तहरुको बिकसित रुप हो र कुनै पनि देशमा पार्टीलाई राजनितिक वा संङगठानात्मक रुपम गलत दिशामा लैजाने प्रयत्नहरुका बिरुद्व सहजका लागि यो सिद्वान्तले संसारभरिका सच्चा माक्सबाद-लेनिनबाद-माओबाद लाई पथ प्रदर्शक सिद्वान्तलाई स्वीकार गर्दछन । हालसम्म लेनिनले बिकाश गरेको जनबादी केन्द्रियताका चार नियमद्वारा निर्देशीत छ ।
कम्युनिष्ट पार्टी सञ्चालनको बिषय कम्युनिष्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउने विशषय मा जनबादी केन्द्रीयताको एक दमै महत्त्व छ । यो एक हदसम्म समाज र राज्यलाई रुपान्तरण गर्ने र सञ्चालन गर्ने बिषय पनि हो ।
लेनिनले जनबादी केन्द्रियताका नियमको संश्लेषण मुख्यत: अक्टोबर क्रान्ति सम्पन्न भएलगतै रुसमा चलिरहेको गृहयुद्व पार्टीमा देखापरेको अराजकता र तेस्रो अन्तराष्ट्रिय निमाणको सन्दर्भमा गर्नुभएको थियो ।
माओको निधन पछि बिश्व कम्युनिष्ट आन्दोलन गतिहिन र यान्त्रिक बन पुगेको छ । बिश्वका कम्युनिस्ट पार्टीहरु बिचारकेन्द्रित भन्दा पनि ब्यक्तिकेन्द्रित हुने अबस्था देखा पर्यो यसले साम्यबादी उच्चतम अभ्यताको नेतृत्व गर्ने पार्टी र राज्य जति बहुआयामिक समस्यालाई हल गर्ने नियम नै जनबादीय केन्द्रीय लाई मुख्य दृष्टिकोण बनाउनु पर्छ । अनि मात्र कम्युनिष्ट पार्टी लाई हराबरा बनाउन सकिन्छ। – लेखक नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा जिल्ला सचिव हुन् ।