तिलोत्तमा-१६
नेपाली काँग्रेससहितको गठबन्धन दलले रुपन्देहीको तिलोत्तमामा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

तिलोत्तमा-५ मणिगाामा अवस्थित मणिग्राममा शुक्रबार एक कार्यक्रमको आयोजना गरि पतिवद्धता सार्वजनिक गरिएको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमाका मेयर उम्मेद्वार तथा काँग्रेस रुपनदेहीका सभापति रामकृष्ण खाँणले भ्रष्टाचार मुक्त तिलोत्तमा नगर सरकार गठन गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’-भन्ने मुख्य नारासहित गठबन्धन दल तिलोत्तमामा चुनावी अभियानमा छ ।

विगतमा नेकपा एमाले नेतृत्वको तिलोत्तमा सरकारले व्यापक भ्रष्टाचार र अनियमितता गर्ने गरेको आरोप लगाउँदै उनले ती कराहरुमा सुधार गर्ने उल्लेख गरे । तिलोमामा आयोजित लगानी सम्मेलन, कृषि अनुदान कार्यक्रम तथा सडक बिस्तारका क्रममा अनियमितता भएको आरोप लगाउँदै उम्मेदवार खाँणले आफूले जितेपछि सुधार ल्याउने दाबी गरे ।

यसैगरी गठबन्धनको तर्फबाट तिलोत्तमा उपमेयरका उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले आफूहरुको जित सुनिश्चित भएक दाबी गर्दै जनताले देख्नेगरी काम गर्ने प्रतिवद्धता गरे ।