बुटवल

डेंगुको रोगथामका लागि लार्भाको खोज र नष्ट गर अभियान सबैभन्दा उपयुक्त हुने भन्दै यसलाई प्राथमिकतामा राखेर अभियान थालिएको छ । फेयरमेट फाउन्डेसन नेपाल र ईन्द्रेनी सामुदायिक केन्द्रको सहयोग तथा बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबार बुटवलमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमूखिकरण कार्यक्रम भएको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरका सबै वडाहरुमा अभियान शुरु गरेको बताए । समुह-समुहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ बितरण जस्ता सेचतनाका कार्यक्रम गरिएको उनले बताए । उपप्रमुख सावित्रादेबी अर्यालले दैनिक रोकथाकका अभियान चलाउने बताईन । विपद ब्यवस्थापन समितिको अगुवाईमा स्वस्थ्यकर्मिहरुको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उनले दाबी गरिन ।

कार्यक्रममा जिल्ला स्वस्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले २०६७ सालदेखि बुटवलमा डेगुको समस्या देखिन लागेको उनले बताए । यो एक सरुवा रोग भएकाले पनि बेलाबेला दुख दिईरहने उनले बताए । करीब ३ हजार बढी प्रकारका लामखुट्टे भएपनि एडिस एजेप्टी पोथी जातको लामखुट्टेले सार्न उनले बताए । मानिसलाई ज्वरो आउने, आँखा पहेलो हुने, हातखुट्टा जोर्नी दुख्ने जस्ता लक्षण देखिने उनले बताए । बिस २०६७ सालमा बुटवलमा पहिलोपटक महामारीको रुपमा देखापरेको उनले बताए । लामखुट्टेको जनसंख्या कम गर्नुनै सबैभन्दा राम्रो उपाय भएको उनले बताए ।

फरक-फरक रोग सार्ने फरक लामखुट्टे हुने उनले बताए । कालोमा सेतो धर्का भएको यो सजिलै चिनिने हुन्छ । एकैपटकमा एक बाईटमा फरक-फरक गरि ५ जनासम्मलाई रोग सार्न सक्ने सम्भावना हुन्छ । जनघनत्वको ३ सय मिटरभन्दाबाहिर जादैन । जुनसुकै तेल हालेर पनि लार्भा मार्न सकिन्छ । बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले विद्यालय, घर-घरमा पुगेर सचेतना जगाउने कामलाई अगाडी बढाउनेतर्फ स्थानीय तहको ध्यान गएको बताए ।