प्रकाश डुम्रे/ काठमाडौं
(२०४८ साल यता स्याङ्जाको नेतृत्व निरन्तर काङ्ग्रेस र एमालेले गरिरहेका छन् । ०४८ मा स्याङ्जामा ४ वटा निर्वाचन क्षेत्र थिए,उक्त निर्वाचनमा क्षेत्र १,२,३ र ४ मा क्रमशः काङ्ग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठले,रुद्रमान गुरुङ,दिन्बन्धु रेग्मी र शंकर प्रसाद पाण्डे निर्वाचित भएका थिए भने ०५१ सालको निर्वाचनमा सबै निर्वाचन क्षेत्र एमाले उम्मेदवार विजयी भएका थिए जसमा त्रीलोचन ढकाल,ध्रुब लम्साल र महेन्द्र थापा हुनुहुन्थ्यो ।)

सरकारले आगामी मङ्सिर ४ गते गर्न लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर स्याङ्जा लगायत देशभर राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । यसैक्रममा स्याङ्जा जिल्लामा क्रियाशील रहेका विभिन्न राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी), नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), एकीकृत शक्ति नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस बिपीसहितका अन्य स्वतन्त्र दल तथा व्यक्तिहरुले चुनाव केन्द्रित गतिविधिलाई तीव्रताका साथ अगाडि बढाएका छन् । दल तथा उम्मेदवारहरुले पार्टी सम्पर्क कार्यालयहरु खोल्ने, पत्राचार गर्ने, घरदैलो तथा मतदाता भेटघाटका साथै टोलटोलमा पुगेर कोणसभाजस्ता चुनावी गतिविधि बढाएका छन् भने घोषणापत्र,प्रचारप्रसार तथा चुनावी सभाहरुमा जिल्लाको विकास निर्माणका बारेमा विभिन्न प्रतिबद्धताहरु व्यक्त गरिरहेका छन् ।
चुनावी भाषण र प्रतिबद्धता तथा जनभेटघाटमा मतदाता फकाउन सम्भव तथा असम्भव सबै अस्त्र प्रयोग गरेर उम्मेदवारहरु आक्रमक प्रचारप्रसारमा छन् ।
उम्मेदवारहरु मध्य काङ्ग्रेस र एमालेका उम्मेदवारहरु भने कोही सांसद, त कोही मन्त्री भईसकेको अनुभव गरेका उम्मेदवारी छन् भने अन्य दलका उम्मेदवार भने नयाँ अनुहारका देखिन्छन् ।
अकला आवाजले पटकपटक उठाएको सिद्धार्थ राजमार्गको मुद्दालाई उम्मेदवारहरुले विभिन्न घोषणापत्र तथा भाषणले जनतालाई फकाउने प्रयास गरिरहेका छन् ।
२०२५ सालमा बनेको राजमार्ग आज ५४ बर्ष पछिसम्म समेत पुरानै अवस्थामा छ । स्याङ्जाको भबिस्य जोडिएका राजमार्ग भएकोले पनि धेरै मतदाताले यसलाई गम्भीर मुद्दा बनाएका छन् । सिद्धार्थ राजमार्गको स्तरउन्नति र आंधिखोला जलाशययुक्त ड्याम्म निर्माणको मुद्दालाई चुनावी बिषय बनाउने प्रयास मिडिया तथा सामाजिक बहसको बिषय हामीले पनि गरिरहेका छौँ ।
हामीलाई थाहा छ,सिद्धार्थ राजमार्ग स्याङ्जाको लाईफलाईन हो ।एक पटक सोचौं यो राजमार्ग फेदीखोला-
पुतलीबजार-बयरंघारी-वालिङ-गल्याङ हुदै नगएर भिमात-रामपुर,आरेभञ्ज्याङ हुदै गएको हुन्थ्यो भने
हामी स्याङ्जाबासीका लागि ठुलो दुर्भाग्य मात्रै हुने थिएन स्याङ्जाले कर्णालीको हविगत बेहोर्ने पर्ने थियोे ।
२०२५ सालतिर भारत सरकारको आर्थिक तथा भौतिक सहयोगमा बनेको यो राजमार्ग अहिले ५४ बर्ष पछि समेत पुरानै अवस्थामा हुनु स्याङ्जाको लागि दुर्भाग्य हो ।
तर पछिल्लो समय राजमार्गको स्तरउन्नति र व्यवस्थापन हुन नसक्नु तथा केही योजना परे पनि सामान्य मर्मतसम्भार बाहेकका काम भएका छैनन् । यस्तै कालिगण्डकी करिडोरको ढोका स्याङ्जा बाहिरबाट खुलेपछि सिद्धार्थ राजमार्ग आसपास र स्याङ्जाको भबिस्य सडक सञ्जाल र व्यवसायीक हिसाबले झनै सा्घुरो हुदै गएको छ । अझै भनौं करिडोर बन्नु तर राजमार्गको अवस्था दहनीय हुदै जानुले स्याङ्जाको भबिस्य अझै अँध्यारो र सांघुरो हुदै गएको प्रष्ट छ । देशका अति दुरदुराजका जिल्लाहरुमा समेत मुख्य र सहायक राजमार्गहरु व्यवस्थित ढंगबाट ६ लेण्ड कतिपय ठाउँमा ४ लेण्ड बनिरहदा स्याङ्जाको भबिस्य संग जोडिएको सिद्धार्थ राजमार्गको हालत भने टिठलाग्दो र दहनिय बन्दै गएको छ ।
स्याङ्जाबाट केन्द्रीय राजनीतिमा विभिन्न दलहरू बाट पटकपटक नेतृत्व र सरकारमा पुगेपनि दिर्घकालिन महत्त्वको यो योजनामा ध्यान तथा चासो नदिदा यो राजमार्ग अलपत्र परेको हो ।
राम्दी पुलको सम्भाव्य जोखिम र राजमार्गको अस्तव्यस्तताले स्याङ्जा विकास र व्यवसायीक सम्भावनाबाट टाढा हुदै गएको छ । स्याङ्जाका व्यापारीहरुले राम्दीको पुल र सडक व्यवस्थित नहुनले स्याङ्जाको बजार अझै महङ्गो हुने बताईरहेका छन् । विगत ३० बर्ष यता स्याङ्जाले ४ मन्त्री पायो भने झण्डै ५० जनाको हाराहारीमा सांसद पायो । त्यतिमात्र होइन मुख्य सचिव,दर्जनौं मन्त्रालयका सचिव,सह सचिव पाईरहेको छ तर यो राजमार्गको भबिस्य बारे ठोस प्रयास कहि कतैबाट भएन । राष्ट्रिय राजनीतिमा स्याङ्जाबाट प्रतिनिधित्व गर्ने नेताहरूले प्रभावकारी पहल र हस्तक्षेप गर्न नसक्नु हाम्रा लागि विडम्बना हो । कनिका छरेजस्तो गरि २/५ लाखको बजेट बाडेर चुनाव जित्ने मात्रै ध्यय र होडले स्याङ्जामा दिर्घकालिन महत्त्वका काम हुन नसकेको देखिन्छ।
त्यतिमात्रै होइन नेतृत्वमा एकताको भावना नहुनु,सानातिना बिषयमा पनि राजनीति आग्रह पुर्वाग्रह सांधेर योजनालाई राजनीतिक होडले अलपत्र पार्नु जस्ता कारणले धेरै विकासे सम्भावनाहरु खस्केको देखिन्छ । सिद्धार्थ राजमार्गलाई ४ लेण्ड बनाउने, भित्री सडक सञ्जाललाई कालीगण्डकी करिडोर र राजमार्ग संग जोड्ने हो भने स्याङ्जाका गाउँ बस्तिहरु यातायात र सडक सञ्जालका हिसाबले देशको नमुना जिल्ला बन्न सक्थ्यो तर नेताहरूको लुछांचुडी र जसअपजसको लडाइँले स्याङ्जाको बिकासे ढोका पटकपटक लगाउने काम भएको छ ।
अझै भनौं स्याङ्जा भन्दा पुर्वधारको हिसाबले धेरै पछि परेका जिल्ला बितेका १०/१२ बर्षमा धेरै अगाडि फड्को मारेका छन् तर स्याङ्जा अवस्था उस्तै छ ।
सिद्धार्थ राजमार्ग साथै आधिखोला जलाशययुक्त ड्याम्म निर्माण जुन योजना स्याङ्जाबासी जनताको ड्रिम प्रोजेक्ट हो ।
२ दशक अगाडि देखि चर्चा र छलफलमा रहेको आधीखोला जलाशययुक्त ड्याम्म निर्माणको योजनामा त झन कसैले ध्यान समेत दिएको छैन,पहलको कुरा त धेरै टाढा छ ।
जलाशययुक्त ड्याम्मको परियोजना सम्पन्न हुने हो भने स्याङ्जाले हजारौं रोजगारीको अवसर सिर्जना हुने थियोे भने देशको एउटा बलियो अर्थतन्त्रको केन्द्र बन्ने थियोे ।
तर नेतृत्व तहमा पुगेर पटकपटक मन्त्री तथा सांसद बनेकोहरुले वेवास्ता गर्दा यी यस्तै महत्त्वपूर्ण योजनाहरु अलपत्र अवस्थामा वेबारिसे बनेका छन् ।
नजिकै आएको निर्वाचनमा स्याङ्जाका विकासप्रेमी युवा अगुवाहरुले यी र यस्ता महत्त्वपूर्ण योजना तथा परियोजनालाई केन्द्रमा राखेर चुनावी परिस्थिति निर्माण गर्न आवश्यक छ ।
तसर्थ स्याङ्जाको अनुहार बदल्ने तपाईं हाम्रो साझा चाहाना हो भने काङ्ग्रेस,एमाले र माओवादी,राप्रपा,स्वतन्त्र भनेर होइन स्याङ्जाका ड्रिम प्रोजेक्टका लागि मुख्य मुद्दा बनाउने व्यक्तिलाई सहयोग गर्नुपर्छ ।

अहिलेसम्म नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेर स्याङ्जाले प्रत्यक्ष रुपमा जिताएर पठाएका धेरै उम्मेदवारहरु हुनुहुन्छ । ०४८ साल देखि स्याङ्जा मुलतः काङ्ग्रेस एमालेले को नेतृत्वमा छ । ०४८ सालसम्म स्याङ्जामा ४ निर्वाचन क्षेत्र थियोे,उक्त निर्वाचनमा ४ वटै क्षेत्र काङ्ग्रेसले जितेको थियो ।
गोपालमान श्रेष्ठ,दिनबन्धु अर्याल,रुद्रमान गुरुङ र शंकर प्रसाद पाण्डे काङ्ग्रेसको तर्फबाट त्यतिखेर सांसद बनेका थिए । भने २०५१ को निर्वाचनमा ३ वटा निर्वाचन क्षेत्र बनाईएको थियोे त्यसमा ३ वटै माले सहितको एमालेले जित हासिल गरेको थियोे । जसमा त्रीलोचन ढकाल,ध्रुव लम्साल र महेन्द्र थापा हुनुहुन्थ्यो । यसले के बुझ्न सकिन्छ भने झण्डै ३० बर्ष यता स्याङ्जाको नेतृत्व आलोपालो काङ्ग्रेस एमालेले गरिरहेका छन् । माथि उल्लेख गरिरहेका सांसदहरु मध्यबाट काङ्ग्रेसका गोपालमान श्रेष्ठ ३ पटक मन्त्रीको जिम्मेवारीमा समेत रहुनुभएको थियोे भने काङ्ग्रेसकै दिनबन्धु र एमालेका त्रीलोचन ढकाल समेत मन्त्रीको जिम्मेवारीमा पुग्नु भएको थियोे । त्यसलगत्तै ०५६ को निर्वाचनमा समेत ३ वटा निर्वाचन क्षेत्र मध्य २ वटामा मा काङ्ग्रेस नै विजयी भएको थियोे जसमा गोपालमान श्रेष्ठ र शंकर प्रसाद पाण्डे हुनुहुन्थ्यो भने निर्वाचन क्षेत्र १ बाट एमाले उम्मेदवार हितकाजी गुरुङले विजयी हासिल गर्नुभएको देखिन्छ ।
त्यसपछि समेत काङ्ग्रेस नेता गोपालमान पुनः मन्त्रीको जिम्मेवारीमा पुग्नु भएको थियोे ।
०५६ पछि लामो समयसम्म निर्वाचन हुन सकेन ८ बर्ष पछाडि ०६४ पुनः निर्वाचन भयो । माओवादी जनयुद्ध पछि भएको निर्वाचनमा समेत देशभर माओवादी विजयी हुदा स्याङ्जाबाट माओवादीले एक सिट हात पार्न सकेन ।
०६४ को निर्वाचनमा समेत पुनः काङ्ग्रेसले निर्वाचन क्षेत्र २ र ३ क्रमश गोपालमान श्रेष्ठ र मोहन प्रसाद पाण्डेले जित्नु भएको देखिन्छ भने निर्वाचन क्षेत्र १ मा एमाले उम्मेदवार हितकाजी गुरुङ नै विजयी हुनुभयो ।
पुनः २०७० मा निर्वाचन भयो,उक्त निर्वाचनबाट समेत स्याङ्जाको १ र २ निर्वाचन क्षेत्र काङ्ग्रेसको पोल्टामा पर्यो जसमा राजु थापा र कमल पंगेनी विजयी हुनुभयो भने निर्वाचन क्षेत्र ३ मा एमाले उम्मेदवार मुक्ति पाठक विजयी हुनुभयो ।
त्यसपछि पुनः २०७४ निर्वाचन भयो त्यतिखेर स्याङ्जाको संघीय निर्वाचन क्षेत्र २ वटा भयो जसमा २ वटै क्षेत्र एमालेले जित्यो । जसमा मन्त्री समेत बन्नुभएकी पद्मा कुमारी अर्याल र नारायण प्रसाद मरासिनी हुनुहुन्थ्यो ।
यसले के देखाउछ भने विगत ३०बर्ष स्याङ्जा एमाले काङ्ग्रेसकै नेतृत्वमा छ,स्याङ्जाले ५० जना भन्दा धेरै सांसद बनाएर पठायो,कतिपय मन्त्री पनि बन्नुभयो तर स्याङ्जाको समस्या जस्ताको तस्तै छ ।
केही नियमित विकासका कामहरु भएका होलान् तर जुन तहबाट राष्ट्रिय प्रतिनिधित्व गर्ने अवसर काङ्ग्रेस एमालेले पाए त्यो उपलब्धि जिल्लाले पाएन ।
स्याङ्जाका कर्मचारी सर्कलमा बलियो पकड छ,प्रभाव छ,त्यसलाई हामीले विकास संग जोड्न सकेनौं । अधिराज्य भरीबाट अहिले सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने अझै खाडीमा पसिना बगाउन बाध्य युवा तथा अन्य वेरोजगार युवाहरू स्याङ्जाबाटै हुनुहुन्छ ।
साथै स्याङ्जाका मतदाताहरुले काङ्ग्रेस,एमाले र माओवादी उम्मेदवारलाई यी प्रश्न गर्नु जरुरी छ ।
(१) तपाईको पार्टी र तपाईलाई ३० बर्षदेखि जिताएर पठायौं तपाईंहरुले अहिलेसम्म कति जनालाई जागिर तथा रोजगार दिनुभयो ?
(२) तपाईंहरु सांसद तथा मन्त्री भएपछि बोर्डिङ खोल्नु भयो तर सर्वसुलभ र गुणस्तरीय शिक्षा किन दिन सक्नु भएन तथा छोराछोरीले पढ्ने स्कुलको फि घटाउने काम तपाईंबाट किन भएन । सर्वसुलभ र निशुल्क शिक्षाक‍ो घोषणापत्रले किन काम गर्न सक्नु भएन ।
(३) ३० बर्षसम्म जिल्लामा एउटा व्यवस्थित अस्पताल बनाउन सक्नु भएन । बिरामी भए काठमाडौ,पोखरा कि पाल्पा तिर दगुर्न बाध्य कसले बनायो ?
(४) तपाईं बेरोजगार बनेर थला थला पर्दा अहिलेसम्म पटकपटक सांसद भएको मान्छेले तपाईंलाई किन न्युनतम रोजगारीको व्यवस्था गर्न सकेनन् ? जो तपाईं जयजयकार गाउँदै हिड्ने उम्मेदवारले आफ्नको नजिकका सबै नातेदार लाई जागिर खुवाउन सक्छन् तर तपाईं निर्वाचनमा जिन्दावाद भन्दै घाटी सुकाउदै चिच्याउने तपाईं अझै बेरोजगारी समस्याले म्यानपावर धाउने बाध्यतामा हुनुहुन्छ ।सडकमा गल्लीमा बेरोजगार बनेर डुल्न बाध्य हुनुहुन्छ ३० बर्षसम्म यहीँ पार्टी,यीनै नेता समाधान किन भएनन् ।
(५) तपाईंको भान्सामा चामल,तेल,पेट्रोल,डिजेल,गाडी भाडा सबै ह्वात्तै बढेर साधारण जनताको घरमा चुलो बाल्न धौधौ छ तर उम्मेदवारहरु एकअर्कालाई दोषारोपण गरेर पानी माथिको ओबानो बन्दै छन् । महङ्गी,कालाबजारी र तस्करी गर्नेमा यीनै काङ्ग्रेस,एमाले, माओवादी लगायतका दलका नेताहरू लागेका छन् । तपाईंहामी यस्तै भ्रष्टाचार र ठुलो अनियमितता गरिरहेका दलका नेतालाई जयजयकार गर्नमा मस्त छौँ ।
(६) बाटो,अस्पताल,सिचाइ कुलो बनाउने कुनै मतलब छैन बरु बन्न लागेका समेत ईन्जिनियर र हाकिम तथा मन्त्रालयका सचिवलाई भनेर जस मिल्दैन भनेर बिग्राने होडमा लागेका छन् । यताकदा भएका पनि ठेकदार संग मिलेर गुणस्तरहिन काम गराएका छन् ।
(७) कोभिड महामारीमा तपाई अस्वस्थ हुदा र सडकमा अलपत्र पर्दा यी नेताहरूले तपाईंलाई चिनेन अहिले नमस्कार गर्दै तपाईंको गाउँ गाउँमा आएका छन् यसबाट सचेत हुनुपर्छ उम्मेदवारहरुले जितेर गएपछि फर्केर आउदैनन् भन्ने कुरामा ।
(८) २/४ लाखको बजेट तपाईं मेहनत गर्नेलाई होइन नजिकका कार्यकर्तालाई बाढ्छन् ।
यो उ होइन मुख्यत काङ्ग्रेस एमालेका उम्मेदवारहरुको विगत तपाई हामीलाई थाहा छ ।
(९) रोजगारी समस्याले थला परेर मासिक रुपमा हजारौं युवा विदेश जान बाध्य छ,एअरपोर्टमा सयौं युवा लाईन लागेर विदेश गएको छ । कसैलाई यो बारेमा चासो छैन ।
(१०)स-साना उधोगी,व्यापारीका समस्या छन् तर कुनै दलले ती व्यापारीका बारेमा सांसदमा बोलेनन् र बोल्ने छैनन् ।
यद्यपि केही दर्जन मान्छे अस्थायी स्वार्थका लागि हाम फालेर लागेका छन् । उनका निहित स्वार्थ छन् । जागिरका सजिलो ठाउँमा सरुवाका लागि,बढुवाका लागि,पायक पर्ने ठाउँमा रहिरहनका लागि केही कार्यकर्ता विचरा केही होलाकी भनेर आशामा पनि छन् यद्यपि नेताहरूले जितेर गएपछि फर्केर कसैलाई हेर्लान भन्ने अवस्था देखिदैन ।
किनकि हामीले ३० बर्ष हेर्यौं सधैं निरासा मात्रै भयो ।
यी २/४ जना उम्मेदवार मात्रै होइन राष्ट्रिय रुपमा यहीँ समस्या छ,करोडौं करोड भ्रष्टाचारमा मुसिएका काङ्ग्रेस,एमाले र माओवादीमा उम्मेदवारहरु पैसा बाढेर भएपनि चुनाव जित्ने दाउमा छन् । अख्तियार यीनकै छ,अदालत यीनकै छ, दलहरूले सेटिङ् गरेर आफ्नो मान्छे राखेका छन् । जतिसुकै नितिगत भ्रष्टाचार गरेपनि अहिले यो अवस्थामा कोही कसैले केही गर्ने हैसियत छैन,अख्तियार दलकै नेताको रजाइँमा छ । अदालतको हालत उस्तै छ तसर्थ जनता सचेत नबनेको खण्डमा मुलुकले झनै अफ्ट्यारोमा जान्छ तसर्थ सचेत मतदाता हुनुपर्छ ।

विगत १०/१५ बर्षमा भौगोलिक हिसाबले दुर्गम भएपनि रुकुम,सुर्खेत,प्युठान,गुल्मी,ताप्लेजुङ,भोजपुर,गोर्खा,मकवानपुर लगायतका पहाडी जिल्लाले आश्यर्जनक विकासको फड्को मारेका छन् तर स्याङ्जा सबै हिसाबले स्रोत,सम्भावना र सामार्थ्य रहेर पनि अपेक्षित विकासको गतिमा अगाडि बढ्न सकेन । आज स्याङ्जाका हजारौं युवा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न कुनामा पुगेका छन् । यहीँ नजिकै म्याग्दी ,पर्वत,लमजुङमा दर्जनौं हाइड्रोपावर यहीँ विचमा सुरु भएका छन् हामी कालिगण्डकी,ज्याग्दी खोला र आधीखोलाको बलियो सम्भावना र स्रोत भएर पनि परिचालन गर्न किन सकेनौं ।
गुल्मी एउटा जिल्लालाई मात्रै एअरपोर्ट बन्यो हामीले स्याङ्जा र पाल्पा रामपुर तथा तनहु क्षेत्रलाई केन्द्रमा राख्ने गरि चापकोटमा मिनी एअरपोर्ट बनाउन सक्थ्यौं तर त्यता ध्यान दिन सकेनौं । जिल्लामा एउटा राम्रो अस्पताल आजको दिनसम्म छैनन् ।
गतिलो क्याम्पस नभएर बर्सेनि सयौं बिधार्थी स्याङ्जाबाट काठमाडौं,पोखरा,बुटवल पढ्नका लागि गइरहेका छन् ।
हामीले अस्वस्थ राजनीतिक प्रतिस्पर्धा गरेर हामी र हाम्रा भबिस्यका सन्ततिको जीवन बर्बाद पार्दैछौँ । पछिल्लो पुस्ता
दलहरू संग असन्तुष्ट छन् । स्याङ्जामा ३० बर्षसम्म नेतृत्व गरेको काङ्ग्रेसले काङ्ग्रेसकै कार्यकर्ता व्यवस्थापन गर्न सकिरहेको छैन् । काङ्ग्रेसी आस्थावान हजारौं कार्यकर्ता बेरोजगारी समस्याको सिकार भएका छन् । यसैगरी एमाले नेतृत्व गरिरहेको छ,एमालेका हजारौं आस्थावान कार्यकर्ता बेरोजगारी पिडामा छन् । ३०/४० बर्षसम्म एकछाक नेतृत्वमा रहेर मन्त्री,सांसद बनेर २/४ सय युवालाई व्यवस्थापनसम्म गर्न नसक्ने नेतृत्व कसरी समग्र जिल्लाको समाधान दिन्छ भनेर काङ्ग्रेस,एमाले,माओवादीकै कार्यकर्ताले प्रश्न गरिरहेका छन् । नेताहरूको छोराछोरी देशमा भबिस्य नदेखेर युरोप र खाडीमा जान बाध्य भईरहेका छन् भनेपछि सर्वसाधारण जनताका समस्या नेताहरूले कसरी समाधान गर्छन् बिषय गम्भीर छ ।
तसर्थ हामीले स्याङ्जा विकासको एउटा साझा अवधारणा बनाउन जरुरी छ ।
पुर्व मन्त्री,सांसदहरू,पुर्व मुख्य सचिव,सचिवहरु,बहालवाला सचिवहरु,निर्वाचित सांसद,स्याङ्जाका सबै स्थानीय तहका प्रमुखहरु र केही बौद्धिक र प्राविधिक सहितको एउटा बिशेश स्याङ्जा विकास बोर्ड बनाउने र यसले संघीय,प्रादेशिक सरकार,अन्तर्राष्ट्रिय लगानी बोर्ड,एशियाली डेभलपमेन्ट बैंक लगायतका महत्त्वपुर्ण निकायहरु संग भेटघाट,छलफल र योजना सहित अगाडि बढ्ने हो भने हामी एउटा नयाँ परिस्थितिमा पुग्छौं । होइन भने एउटाले एउटालाई गर्न दिएन भन्ने अर्कोले अर्कोलाई भन्ने हो भने हामीले सयौं सांसद बनाउछौं तर जिल्लाको हालत सधैं उस्तै रहन्छ यसमा सचेत बनौं र यो अभियानमा लागौं ।
हामी सचेत युवाले पहिलो संकल्प गरौँ सिद्धार्थ राजमार्ग निर्माणको अभियानमा वृहत् एकता गरौं र सचेतता पुर्वक निर्वाचनमा भुमिका खेलौं ।
onkhabar.com