अनखबर माघ १६, रूपन्देही। सहिद परिवारद्वारा संगठन नेपाल रुपन्देहीले सहिद दिवसको अवसरमा सैनामैनामा श्रद्धाञ्जली तथा कोणसभा सम्पन्न गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नजिक रहेको सहिद परिवार संगठन नेपाल रुपन्देहीले निरङ्कुश सत्ता विरुद्धको सङ्घर्षमा बलिदान गर्ने चारजना सहिदहरुको सम्झनामा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहिद परिवार संगठन नेपालका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा रुपन्देही जिल्लाका सहिद तथा वेपत्ता परिवार लगायत सयौंको संख्यामा सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सहिद तथा वेपत्ता परिवारले नेपालका हरेक आन्दोलन वा क्रान्तिमा बलिदान गरिएका महान सहिदहरुको सपना पुरा नभएको भन्दै आगामी दिनमा सङ्घर्ष जरुरी रहेको बताएका थिए । उनीहरुले दलाल संसदीय व्यवस्थामा सहिदहरुका सपना पुरा नहुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्प नभएको बताए ।

कार्यक्रममा नेकपामाथि लगाइएको प्रतिबन्ध खारेज हुनुपर्ने, अमेरिकी साम्राज्यवादको रणनीतिक योजनामा नेपालमा ल्याइएको इण्डोप्यासिफिक रणनीति र एमसीसी खारेज गर्नुपर्ने र राष्ट्रियताको पक्षमा थप सङ्घर्ष गर्नुपर्ने बताएका थिए