फागुन २८/स्याङ्जा
अहिलेको सरकारको भाषामा र घोषणामा यो देश गणतान्त्रिक देश हो । गणतान्त्रिक देशका राष्ट्रपति देखि वडा सदस्य सम्मको राजकीय सत्ता तथा सेवासुविधा यहीँ देशका जनताले तिरेको करमा निर्भर छ । भने सरकारी अड्डामा झुन्डिएको राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिरहरू १० बर्षे जनयुद्ध र विभिन्न अान्दोलनमा सहादत भएका हजारौं सहिद तथा बेपत्ता,घाइते,अङ्गभङ,बलिदान र त्यागले मात्रै सम्भव भएको हो । राजतन्त्र यतिकै फ्ंयाकिएको होइन,हजारौंको त्याग र बलिदानले गणतन्त्र अायो,राजतन्त्र ढल्यो र राजाका शाही तस्बिरहरू फालिए तर अाज नयाँ गणतान्त्रिक मुलुकमा उनै सहिदहरुको त्याग र बलिदानमा अवमूल्यन भएको छ । अाज जनयुद्ध शब्दलाई समेत स्विकार्ने बिषयमा नेपाली राजनीति विभाजित भएको छ । यसले जनयुद्धमा राज्य र विद्रोही पक्षबाट मारिएकाहरुको नैतिक जिम्मेवारी कस्ले लिने भन्ने बिषय समेत अन्योलग्रस्त बनेको छ ।
यहीँ सन्दर्भमा फाल्गुनको तेस्रो साता लाई जनयुद्धकालिन समय देखि नै माअोवादीले सहित सप्ताह मनाउँदै अाएको थियोे।
अहिले प्रचण्ड नेतृत्वको माअोबादीले एमाले संगको एकता पछि भने जनयुद्ध दिवसको कार्यक्रम समेत विभिन्न नाममा मनाएको छ । जनयुद्धलाई सशस्त्र द्वन्द्वको नामकरण गरेर जनयुद्ध लाई अवमूल्यन गरिएको भन्दै चौतर्फी बिरोध समेत भएको छ ।
जनयुद्ध दिवसको दिन पार्टी केन्द्रीय कार्यलयमा धुम्बाराहिमा अायोजित कार्यक्रमको ब्यानरमा लेखिएका बिषयलाई लिएर समेत बिरोध भयो भने,रुकुममा जनयुद्धकालिन डेपुटी कमान्डर जनार्दन शर्मा प्रभाकर र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा विच कार्यक्रमकै बिचमा घोचेपेच चल्यो । रुकुमको कार्यक्रम जनयुद्ध दिवस भनेर लेखेको भन्दै सल्लाहकार थापाले केन्द्रीय निति विपरीत जनयुद्ध शब्द लेखेको भन्दै अापत्ति जनाए ।
जनयुद्धकालिन चर्चित जिल्ला त्यसमा पनि तत्कालीन डेपुटी कमाण्डर सहभागी कार्यक्रममा जनयुद्ध दिवसको शब्दमा अापत्ति जनाउनुले पनि जनयुद्ध दिवसको अौचित्य र महत्त्वको भविष्य सङ्कटमा रहेको अड्कल गर्न सकिन्छ् ।
यसै सन्दर्भमा गएको फाल्गुन २१ गते स्याङ्जाको भालुपहाडमा अवस्थित सहिद पार्कमा निर्माण गरिएको सहिद स्मृति बोर्ड उखेलेर फालिएको घटनाले थप माअोवादी अान्दोलन भित्र जनयुद्ध शब्द र सहिद बेपत्ता परिवार लज्जित बनेको महसुस हुन थालेको छ । फाल्गुन २१ गते दिउँसो १ बजे भालुपहाडमा अवस्थित सहिद पार्कमा स्याङ्जाका ४२ जना सहिद र ७ जना बेपत्ताको स्मृतिमा सहिद बेपत्ताको तस्बिर सहितको स्मृति बोर्ड राखियो । तर बोर्ड राखेको ३ घण्टा पनि नबित्दै उक्त बोर्ड उखेलेर फालिएको थियोे भने सोही दिन उखेलेर फालिएको बोर्ड त्यहाँ बाट हटाउने काम भयो । अाज सितलनिबास, सिंहदरबार,बालुवाटार तथा देशभरका विभिन्न सरकारी अड्डामा झुन्डिएका राष्ट्रपति,प्रधानमन्त्रीका तस्बिरहरु भन्दा ती सहिदका तस्बिरहरू कम महत्त्वका छैनन् । तर हिजोकै राजतन्त्रको झल्को दिने गरि राष्ट्रपति,प्रधानमन्त्रीको फोटो झुन्डिदा जनयुद्ध,०६२/६३ तथा विभिन्न अान्दोलनका सहिदहरुलाई यो ढंगको अपमानले सहिद तथा बेपत्ता परिवारजनलाई गम्भीर अात्मग्लानि र लज्जित बनाएको छ ।
उक्त स्मृति बोर्डलाई अपमानजनक ढंगले उखेलेर फालिदा समेत स्याङ्जाका पुर्व माअोवादी नेताहरू मौन बस्नु झन गम्भीर लज्जाको बिषय बनेको हो ।
अाज माअोवादीको एउटा पक्ति केन्द्रीय सरकार देखि स्थानीय सरकारको बागडोरमा छ । सहितहरुको स्मृतिमा स्मृति भवनहरु बनाउने उनीहरुका परिवारलाई सामाजिक रुपमा अात्मसम्मान बढाउने जस्ता कार्यक्रमहरु लैजाने गर्नुपर्नेमा उल्टो पार्कहरु भत्काउने,स्मृति बोर्डहरु फाल्ने जस्ता गतिविधि हुदा समेत पुर्व माअोवादीहरु मौन बस्नु निकै दुखदः बिषय हो ।
उक्त स्मृति बोर्ड राख्न स्याङ्जा पुराना माअोवादी नेता शोभाखर ढकाल,विप्लव नेतृत्वको नेकपाका जिल्ला ईन्चार्ज जंग बहादुर भण्डारी अाक्रोस,जिल्ला नेता सागर अर्याल लगायतका नेताहरू पुगेका थिए तर उनीहरूले बोर्ड राखेको केही घण्टामै बोर्ड उखेलेर फ्याकिएको थियोे । जुन बिषयलाई लिएर अहिले चौतर्फी अालोचना भईरहेको छ । ( जनआस्थाबाट)