– श्रीकृष्ण बस्नेत
नेपालमा २००७ साल देखि व्यापक जनताकाे सहभागितामा पटक पटक राजनैतिक परिवर्तनहरू भएका छन् । राजनैतिक परिवर्तनपछि देशमा विकास निर्माण तथा जनजिविकाकाे सवालमा आमुल परिवर्तन हुने अपेक्षा सहित जनताले नेपालमा हुने गरेका सबै खालका आन्दाेलनमा बलिदानी सहितकाे सहभागिता जनाएका हुन् । जब जब आन्दाेलन चरम उत्कर्षमा पुग्छ तब नेतृत्वले सम्झाैतामा लगेर आन्दाेलनलाई घुडा टेकाउने कार्य गरेकाे तिताे यथार्थ हाे । आन्दाेलनपछि केहि राजनैतिक परिवर्तनहरू त भए तर आन्दाेलनबाट स्थापित भएका नेतृत्वले आम नागरिककाे चाहाना अनुरूप काम गर्नुकाे सट्टा नितान्त आफ्नाे निजी स्वार्थ र आफ्ना आसेपासेकाे हितकाे लागि मात्र ध्यान केन्द्रीत गरे । जनताकाे यावत समस्याकाे सम्वाेधन हुन सकेन । १०४ वर्षकाे जहानिया राणाशासन, निर्दलिय पंचायती व्यवस्था, २०४६ सालकाे जनआन्दाेलन पछीकाे बहुदलिय व्यवस्था र २०५२ सालबाट सुरू भएकाे जनयुद्धकाे जगमा संचालित २०६२/६३ काे जनआन्दाेलन पछिकाे संघिय लाेकतान्त्रक गणतन्त्रकाे नामबाट राज्य संचालन भइरहेकाे छ ।
नेपालकाे हालकाे शासन प्रणाली र जनताकाे बुझाई :
रूपमा शासन प्रणाली फेरियाे तर शासन गर्ने ताैर तरिका फेरिएन, संविधान फेरियाे कार्यन्वयन गर्ने विधी पद्धति फेरिएन, पात्र फेरियाे प्रवृति फेरिएन । नेपालमा गणतन्त्र पछि १ जना वडामहाराज हटाएर धेरै जना छाेटे महाराजहरूकाे उदय भयाे, सांसद, मन्त्री बनेर देशकाे ढुकुटी दाेहन गरी देश खाेक्राे बनाएर आफु रातारात मालामाल बने । आफ्ना आसेपासे हनुमानहरूकाे मात्र जीवनयापनमा सहजता प्रदान गर्नतिर तल्लिन भए । दलाल भ्रष्टहरूकाे संरक्षण गर्दै त्यही माध्यमबाट सम्पत्ति आर्जन गर्न तिर लागे । सरकारी स्वामित्वमा रहेका उद्याेग धन्दा कल कारखानाहरू निजीकरणकाे नाममा काैडीकाे भाउमा बिक्री गर्दै समाप्त पारियाे । राष्ट्रिय पुजी निर्माण गर्नुकाे सट्टा निगमकाे नाममा दलाल पुजीलाई प्राेत्साहित गरियाे । शिक्षा स्वास्थ्य माैलिक अधिकारकाे रूपमा नागरिकले प्राप्त गर्नुपर्ने कुरालाई निजीकरण गरी गरिब तथा निमुखाकाे लागी पहुंच भन्दा धेरै टाढा पुर्याइयाे । सरकारी स्वामित्वमा रहेका इतिहासिक सार्वजनिक जग्गा जमिनहरू भूमाफियासँगकाे मिलिमताेमा कमिसन लिदै बिक्री वितरण गरियाे । सरकारका नीती तथा कार्यक्रमले धनी र गरीब बिचकाे खाडल झन् फराकिलाे बनाउने कार्यलाइ नै सहयाेग पुर्यायाे । भ्रष्टचार कमिसनतन्त्रलाई खुलेआम सरकारबाट नै संरक्षण गरियाे । देशमा काेभिड -१९ महामारीले जनता प्रताडित हुदा यसलाई नियन्त्रण गर्नुकाे साटाे आैषधी तथा सामाग्री खरिदमा समेत व्यापक भ्रष्टचार गरियाे । नितान्त निजी फाइदा लिएर विभिन्न मुलुकसंग राष्ट्रघाती सन्धी सम्झाैताहरू गर्नतिर जाेड दिइयाे । यसैकाे ज्वलन्त उदाहरण अहिलेकाे विवादित MCC सम्झाैता पनि हाे । देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा झन् परनिर्भरतातिर उन्मुख हुदै गयाे । देशका युवा तथा दक्ष जनशक्ती विदेश पलायन हुन बाध्य पारियाे । चुनावी घाेषणा पत्रमा उल्लेख गरिएका विकास एवं संवृद्धीका नारा खाेक्रा भाषणमा सिमित भए । आफैले बनाएकाे संविधानले दिएकाे संवैधानिक अधिकार अनुसार आफ्नाे विचार अनुरूप शान्तिपुर्ण रूपले राजनीतिक गतिविधीहरू गर्न पाइने माैलिक अधिकारकाे समेत चिरहरण गरी विराेध गर्नेलाई तह लगाउन हिटलरी शासन चलाउने कुचेष्टा गर्दै राजनीतिक पार्टीमाथी प्रतिबन्ध लगाइयाे । सरकारकाे गलत कार्यकाे विराेध गर्नेहरूलाई धरपकड गर्ने, झुटा मुद्धा लगाउने, हिरासतमा लिएर शारिरीक मानसिक यातना दिने, हत्या गर्ने जस्ता अति नै घृणीत कार्य गर्नतिर सरकारकाे ध्यान केन्द्रीत गरियाे । अभिव्यक्ती स्वतन्त्रताकाे हनन् गर्दै विराेधका स्वरहरू दबाउन साईवर क्राइमकाे प्रयाेग भइरहेकाे छ ।
गणतन्त्र प्राप्तिकाे लडाइमा हजाराै नागरिककाे बलिदान के यस्तै गणतन्त्रकाे लागि थियाे की सुखी सभ्य र सम्पन्न देश निर्माणकाे लागि थियाे ? आम नेपाली जनताले प्रश्न गरि रहेका छन् ।
फरक मत राख्नेलाई सरकारकाे प्रश्न :
यसरी देशलाई बर्बादीकरण गरी रजाई गरि रहेका सरकारका मन्त्री अनि वरीपरी घुमेर चाकरीकाे भरमा लाभ प्राप्त गर्ने दलका नेताहरूले फरक मत राख्ने परिवर्तन चाहने नेपाली जनतालाई प्रश्न तेर्साएकाे देखिन्छ । गणतन्त्र आयाे, संविधान बन्याे अब के काे लागी आन्दाेलन रे ! सरकार चलाउने नाममा देश दाेहन गर्नेहरूले राम्ररी बुझ्न जरूरी छ की सर्वशक्तिमान जनता हुन् । जनताले कुनै पनि बेला लुटकाे स्वर्गलाई ध्वस्त पारि दिनेछन् । बेलैमा चेत खुलाेस आन्दाेलन के काे लागि भनेर । आन्दाेलन रहर हाेइन बाध्यता हाे भन्ने कुरा बुझ्नु नै पर्ने हाे । प्रश्न साेध्नेलाई नै साेध्नु पर्र्याे फेरी यस्ता बेकम्फुसे प्रश्न के का लागि ?
आन्दाेलन के काे लागी :
नेपालमा पुन एक पटक आन्दाेलन एकिकृत जनक्रान्ति किन गर्नु पर्ने भन्ने प्रश्नमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सटिक उत्तर दिनु भएकाे कुरा मनन् गर्न जरूरी छ ।
निम्न कुराकाे लागि आन्दाेलन :
* दलाल संसदिय राज्य सत्ताकाे अन्त्य गरी वैज्ञानिक समाजवादी राज्य सत्ता स्थापनाकाे लागी ।
* दलाली, भ्रष्टाचार, कमिसनखाेर, विचाैलिया, तस्करी, सुदखाेरीहरूकाे अन्त्य गर्दै वर्ग विहिन समाज निर्माणकाे लागी ।
* राष्ट्रिय स्वाधिनता र अखण्डताकाे रक्षाकाे लागी ।
* सुखी, सभ्य र सम्पन्न देश निर्माण गर्दै आम नेपाली जनताकाे सुख र संवृद्धीकाे लागी ।
* विदेशी दलालहरूकाे चंगुलबाट देशलाई मुक्त गर्नकाे लागी ।
* परनिर्भरताकाे अन्त्य गरी देशलाई आत्मनिर्भर बनाउनकाे लागी ।
* आम उत्पिडीत वर्ग समुदायलाई नै देशकाे मालिक बनाउनकाे लागी ।
यसैले गर्दा नेपाली जनताले फेरी एक पटक आफ्ना हक अधिकार प्राप्तिकाे लागी, सबैखाले विकृति र विसंगतिकाे अन्त्यकाे लागी, जनजिवीकाकाे निश्चितताकाे लागी, सामाजिक न्याय स्थापितकाे लागी, कुरिती कुसंस्कारकाे अन्त्यकाे लागी र सुखी शान्त र संवृद्ध नेपाल निर्माणकाे लागी कठाेर आन्दाेलन संचालन गर्नु पर्ने अवस्था आइसकेकाे छ । जसकाे निम्ति आम स्वाभिमानी सबै तह र तप्काका नेपाली जनता एकजुट हुनु नै आजकाे अपरिहार्यता हाे ।
लेखक राष्ट्रिय उद्याेग वार्णिज्य महासंघका अध्यक्ष हुनुहुन्छ