अनखबर
जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी सहायक निरीक्षक टेकलाल डुम्रे भाद्र महिनाको उत्कृष्ट प्रहरी बनेका छन ।
प्रहरी सेवामा प्रवेश गरेको १ बर्षपनी नपुग्दै उनी प्रहरी उत्कृष्ट प्रहरी कर्मचारी बनेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले उत्कृष्ट कार्यको विवरण सहित प्रहरी उपरीक्षक अरुण पौडेलद्वारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरेका थिए । भाद्र महिनासम्म कर्तब्य ज्यान, गौबध, अवैध ओसारपोसार, सवारी ज्यान ,नागरिकता किर्ते, बहु विवाह, बन सम्बन्धि ,बैंकीङ कसुर,जबर्जस्ती करणी लगायतका ५१ फरार अपराधी समात्न डुम्रेले उल्लेख भुमिका खेलेका थिए ।