अनखबर
बुटवलको ब्यस्त बजारमा शनिबार करिश्मा गलामीको पर्समा हात हाली त्यहाँ भएको १३ हजार रुपियाँ र उनको नागरिकता चोरी भयो । बुटवलको व्यस्त बजारमा यसरी चोरी भएपछि उनी आत्तिदै प्रहरी गुहारिन । त्यसको केही समयमा नै ट्राफिक प्रहरीका जवान खिमलाल पन्थीले चोरी गर्दै हिड्ने गिरोह पक्राउ गरे । पक्राउ गरीएका बुटवल सडकमा मागी हिड्ने नाबालकसहित महिलाहरुको समुहलाई ट्राफिक चोकस्थित प्रहरी बिटमा पुर्याई चेकजाँच गर्दा उनीहरुको झोलामा १३ हजार रु ५०० को नोट र करिश्मा गलामीको नागरिकता फेला पर्यो । हराएको १ घन्टामै प्रहरीले देखाएको सक्रियता र तत्काल फेला परेपछि गलामी दङ्ग परिन । म त पहिलोपटक यस्तो अप्ठ्यारोमा परे तर ट्राफिक प्रहरीले निकै कुशलता पुर्वक चोर समात्नुभयो र फिर्ता गर्नुभयो, करिश्माले भनिन ।
केही समय अघिदेखि बुटवलमा माग्दै हिड्नेहरुको बिगबिगी छ, उनिहरुले धेरैको झोलामा हात हाल्ने र निकाल्ने गरेका छन त्यसकारण शंका लागेर समातेको उनिहरुले नै निकालेका रहेछ्न, ट्राफिक पन्थीले भने । चोरी रकम फिर्ता गरि उनिहरुलाई कोभिड १९ को कारण थुन्न नसक्ने भन्दै प्रहरीले छोडिदिएको छ ।