अनखबर सम्बाददाता / सैनामैना
सैनामैना नगरपालिका वडा ११ का वडा अध्यक्ष सुनिल मरासिनीले दक्षिण बरौली खेल मैदानको शिलान्यास गरेका छन ।
सोही क्षेत्रका युवारु अत्यधिक माग र आवस्यकतालाई पुर्ती गर्नको लागि बनाउन लागीएको उक्त खेल मैदान शिलन्यास गर्दै मरासिनीले खेल मैदान निर्माण गर्नमा बजेटको अभाव हुन नदिने बताए । लामो समयदेखी खेल मैदानको माग गरिरहेका यहाँका युवालाई यस खेल मैदानले खेलकुदमा लाग्नलाई उर्जा प्रदान गर्ने मरासिनीले विश्वास ब्यक्त गरे ।
लामो समयदेखी फुटवल खेल साथै थारु कप हुँदै आएको दक्षिण बरौली खेल मैदानलाई जोगाईराख्न यस क्षेत्रका युवाहरुको अतुलनिय योगदान रहेको मरासिनीले बताए ।
त्यस्तै कार्यक्रमका सभापती तथा दक्षिण बरौली युवा क्लबका अध्यक्ष असोक भट्टराईले यो खेल मैदानले यस क्षेत्रका युवा युवतीलाई खेलकुदमा लाग्न प्रोत्साहन गरेको बताए । खेल मैदान निर्माण सम्पन्न गर्ने काममा युवाहरु खटिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त खेल मैदान ५०० मि. क्षेत्रफल र दश लाख बजेटमा निर्माण हुँदै छ भने २०७७/११/२५ सम्मा सम्पन्न हुनेछ ।