बुटवल, मंसिर १७/बे्रभ गोर्खा क्लबका सदस्य ओम परियरलाइ ३ तिन लाख १० हजार ८ सय सहयोग गरेको छ । ब्रेभ गोर्खा क्लब बुटबलले क्लबका सदस्य ओम परियरको २०७६ साल माघ १ गते देवघाटबाट बुटवल फर्कदै गर्दा गाडी दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।
ओम परियरको औषधी उपचार गर्न समेत कठिन भएको र उपचार गर्न धेरै समय लाग्ने घरको आर्थिक स्थीति कमजोर भएकोले सहयोग अभियान संचालन गरिएको क्लबले जनाएको छ ।
पोखराको हरियोखर्क अस्पतालमा उपचार गराइरहेका परियारलाइ क्लबको टोलि अस्पतालमा पुगि नगद ३ तिन लाख १० हजार ८ सय ७० तथा विभिन्न सामान हस्तान्तरण गरिएको क्लबकाका अध्यक्ष नविन थापा सारुले बताए । साथै उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै छिटो उपचार भइ खेल मैदानमा आउने समेत अपेक्षा गरे ।
हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष नविन थापा सारु, महासचिव यमन सलामि मगर, कोषाध्यक्ष राजन कुवँर, सदस्य प्रविन थापा सारु, राज गिरी, राजन कुवँर, शंकर पाठक नविन लम्साल लगायतको सहभागिता रहेको थियो ।