अनखबर /बुटवल
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा वाहिर गएर पदको दुरुपयोग गर्दै संसद विघटन गरेकोप्रती मानवअधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतीले कुनै विचार र विमर्श विनै अनुमोदन गरि नेपाली जनताको मतको अपमान गरेको भन्दै शान्ति समाजक केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले कसैको सनक र स्वार्थको भरमा संसद विघटन गर्नु लोकतान्त्रिक व्यवस्थामाथीको प्रहार भएको बताए । आजै बुटवल चौराहाचोकमा गरेको बिरोध प्रदर्शनमा खनालले असम्वैधानीक कदम बिरुद्ध शान्ति समाजले आन्दोलन चर्काउने घोषणा गरे । शान्ति समाजका जिल्लास्थित विभिन्न ओहोदाका ब्यक्तिहरुले सरकारको अलोकतान्त्रिक कदमको विरोध गरेका थिए । विरोध सभामा उपस्तिथहरुले सरकार विरुद्ध पम्पलेट बनाएर विरोध गरेका थिए भने वक्ताहरुले प्रधानमन्त्रीले लोकतान्त्रिक व्यवस्थाको हत्या गर्ने कोसिस गरेको भन्दै सो कदमको भत्सर्ना गरे ।
शान्ति समाज रुपन्देहीका जिल्ला अध्यक्ष डिपि खनालले शान्ति समाज मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिम्साको पक्षमा रहेको भन्दै लोकतन्त्र खतरामा पार्नेलाई इतिहासले माफी नगर्ने भन्दै सर्वोच्च अदालतबाट सो कदमको फिर्ता होस भन्दै नभए नेपाल र नेपालीको लागि दुर्भाग्यको दिन रहेको बताए ।