बुटवल /फागुन १
पछिल्लो समय पारिवारिक बिघटन, श्रीमान र श्रीमतीबिच सम्बन्धबिच्छेद मात्रै नभएर विभिन्न प्रकृतिका समस्याहरु देखिन थालेका छन । एकअर्काबिच विभिन्न मनमुटाव र असन्तुष्टहरुका बिच आकर्षण र प्रेम पर्ने अन्ततः घर परिवारको बिचल्ली गराएर अर्कैसग भाग्ने वा शरण लिने आधुनिक नेपाली समाजको विकृति नै बनेको छ ।
त्यस्तै बुटवल ११ मजुवामा ज्याला मजदुरी गर्दै आफ्नो परिवार पाल्दै आएका लिलाबहादुर बाठा अहिले यस्तै पीडामा छन । आफ्नी ३२ बर्षिय श्रीमती बिमला सुर्यवम्शी बिहे गरेको १४ बर्षपछी अर्कैसग भागेपछी अहिले उनको घरमा उनीसहित २ नाबालिका छोरीको बिचल्ली भएको छ । सामान्य लेभर काम गर्ने उनिहरुबिच ५ दिन पहिले मोबाइलको बिषयमा सामान्य झगडा भएको थियो । झगडा पछी खाना खाई दुबैजना काम गर्न गएका थिए, दुबैको छुट्टाछुट्टै ठाउँमा ज्याला मजदुरी गर्ने उनीहरुका २ छोरी पनि छन । साझ अबेरसम्म पनि घर नफर्केपछी इलाका प्रहरी कार्यालय बुटवलमा पुगेर श्रीमान लिलाबहदुर बाठा मगरले श्रीमती हराएको भन्दै खोजिदिन आग्रह गरेका थिए । तर पछी थाहा लाग्यो गाउ नजिकै अर्को मिस्त्री काम गर्ने सुर्यवङ्शी थरकै युवासग लामो समयदेखि लसपस रहेको र आउजाउ गर्ने गरेकोले र सोही दिनदेखी सो मिस्त्री पनि घरमा नआएपछि उसैसग भागेको आशन्का रहेको श्रीमान लिलाबहादुर बाठा मगरले बताए ।
कहाँ गएकी हो भन्ने पत्ता भएन, छोरीहरूको बिचल्ली छ, घर व्यवहार केही थाहा छैन, श्रीमान बाठा मगरले भने उसैसग गएकी हो भने उतै बसोस तर यहाँ आए भनेर मेरो व्यबहार मिलाईदिए हुन्थ्यो ।
बाठाका जस्तै धेरै पारिवारिक समस्या पछिल्लो नेपाली समाजमा अत्याधिक बढेर गएको प्रहरीको आकडा छ । अर्कैसग लागेको, भागेको, सम्पर्कबिहिन भएको कयौं घटनाहरु अहिले पनि प्रहरी कार्यालयमा छन् ।