अनखबर
बुटवल,फागुन २१- मानव अधिकार तथा शान्ति समाज रूपन्देही देशभरमै उत्कृष्ट बनेकाे छ ।देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै पोखरामा आयोजित २३ औं राष्ट्रिय परिषद् बैठकमा सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले रूपन्देही सभापति डिपि खनाललाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान प्रदान गर्नुभयो । सम्मान ग्रहणपछि सभापति खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताउनुभयो । रूपन्देही शाखा यसअघि पनि दाङमा सम्पन्न २२ औं राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले बताउनुभयो ।