अनखबर
साउन लागे संगै तिजका गीतहरु बजारमा आउने क्रम बढेको छ । बिशाल मुभिज प्रा.लि.मार्फत यतिबेला गायिका कमला बि.शी.को (तिज गीती कथा २०७८) बिरहको तिज बजारमा सार्बजनिक भएको छ ।
चर्चित गायक तथा सर्जक हुम गैरेको लय तथा शब्द संकलन रहेको गीतमा बरिष्ठ गायक ईन्द्र जि.सी.,चर्चित गायिका सिता केसी.,हुम गैरे,कमला बि.शी र धिरज खत्रीको सुमधुर स्वर रहेको छ ।
गायक,सर्जक गैरेकै निर्देशन तथा सम्पादन रहेको गितमा चर्चित मोडल प्रेम खड्का,धिरज खत्री,रमा ठकुरी,मधु रसाईली,अनिल भण्डारी,रामचन्द्र भण्डारी लगायतको जिबन्त अभिनय रहेको छ ।
बजारमा आएको छोटो समयमै यु.टुब.तथा टिक टकमा धेरैको मन जितेको तिज गीत बिरहको तिजले समाजको बास्तबिक यथार्थलाई चित्रण गरेको कुरा गीतका सर्जक गैरे बताउँछन् । चेली र माईती बिचको कारुणीक ब्यथालाई सुमधुर लयमा शब्द मार्फत उतारीयको गायिका कमला बि.शी.को यथार्थपरक तिज गीती कथा बिरहको तिजलाई सफल्ताको शुभकामना ।