अनखबर संवाददाता

रुपन्देहीमा रेष्टुरेन्ट एण्ड बार ब्यवसायी संघ गठन गरिएको छ ।
रुपन्देही जिल्ला भित्र सञ्चालित रेष्टुरेन्ट ब्यबसायीहरुको भेलाले प्रशान्त कोइरालाको अध्यक्षतमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । नवनिर्वाचित अध्यक्ष कोइरालाले मोफसलको राजधानीको रुपमा चिनिएको रुपन्देहीलाई रेस्टुरेन्ट एवम् बारको हवको रुपमा बिकास गर्न सकिने बताएका छन् ।
संघको बरिस्ठ उपाध्यक्षमा कृष्ण रिमाल ,उपाध्यक्षमा सागर पौडेल ,सचिबमा प्रदिप जिसी , सहसचिबमा उमेश सापकोटा , कोषाध्यक्षमा कमल खनाल र सदस्यहरुमा अमृत कुमार थापा , निशा श्रेष्ठ , लक्ष्मी रिजाल , बिरेन प्रधान , यम बहादुर थापा , बिक्रम गुरुङ , यमलाल पाण्डे , रामचन्द्र पौडेल , अमृत गुरुङ ,अजय रेग्मी रहनुभएको छ ।
अनखबर संग कुरा गर्दै सचिब जिसिले कोभिडले आक्रान्त ब्यवसायीहरुकोलागी राज्यले कोभिड खोप उपलब्ध गराउन सरकार संग पहल गर्ने बताएका छन् ।