अनखबर संवाददाता
प्रवासी नेपालीहरुको विश्व सञ्जाल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्पेनको आगामी अघिबेशनको उपाध्यक्ष (महिला) मा सिर्जना लामिछानेले उमेद्वारी प्रस्तुत गरेकी छन् ।
अनखबर संग कुरा गर्दै लामिछानेले प्रवासमा रहेर विभिन्न पेशा व्यवसायमा आबद्ध नेपालीहरुको दुःख सुखमा हातेमालो गर्न,कला संस्कृतिलाई जिवित राख्न तथा प्रवासी नेपालीका समस्याको सामुहिक समाधान गर्न एनआरएनएको विश्व सञ्जालमा जोडिएर अगाडि बढ्ने उद्देश्यले उमेद्वारी दिएको बताएकी छन् ।
१५ बर्षदेखि स्पेनको कोस्टाब्लान्का क्षेत्रमा रहँदै आएकी लामिछाने सन् २००७ मा भ्यालेन्सियामा गैर आवासीय नेपाली संघ, स्पेनको समिती पछि पुन एकपटक संस्थाको उपाध्यक्ष भएर स्पेनबासी नेपालीको पक्षमा काम गर्ने अठोटका साथ उम्मेदवारी दिएको घोषणा गरेको अनखबरलाई बताईन् ।
महिला उपाध्यक्षमा उम्मेदवारी दिएपछि लामिछानेले एनआरएन र स्पेनवासी नेपाली र विशेष गरी यहाँका महिला दिदीबहिनीहरुको बीचमा एउटा पुलको काम गर्ने घोषणा गरेकि छन् । आगामी जुलाई २६ तारिकमा हुने एनआरएनए स्पेनको निर्वाचनमा उपाध्यक्ष (महिला) पदमा सबैबाट सहयोगको अपेक्षा समेत गरेको बताएकी छन् ।