स्पेन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) स्पेनको अध्यक्षमा शालिकराम डुम्रेले उम्मेदवारी दिएका छन् ।
स्पेनको बार्सिलोनामा झण्डै दुई दशकदेखि व्यवसाय गर्दै आएका डुम्रेले स्पेमा नेपालीहरुको संख्या हरेक दिनहुँ बढ्दै गएको तथा प्राय परिवार पुनर्मिलनको प्रकृयाबाट युवापुस्ता र बालबालिकाहरु बढ्दै गएको अवस्थामा नया पिढिका निम्ति केही नबिनता ल्याउनु पर्छ भन्ने उद्धेश्यका साथ आफुले अध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेका छन् ।
सन् २०१३ देखि संघको विभिन्न पदमा रहेर आफ्नो भूमिका निर्वाह गर डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्ष तथा स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समितिका संस्थापकसमेत हुन् ।
‘अहिलेसम्म स्पेनमा बसेर गरेको समाजसेवाका आधारमा स्पेनवासी गैरआवासीय नेपालीहरुले मतदान गर्नुहुने छ भन्ने विश्वास लिएको छु“, डुम्रेले भने, “एनआरएनलाई साँच्चिकै साझा संस्था बनाउने योजना अनुरुप म चुनावमा उत्रिएको हुँ ।’डुम्रे भन्छन् ।
यस्तो छ डुम्रेको अपिल
स्पेनबासी नेपाली समस्त दाजुभाइ तथा दिदीबहिनीहरुमा सादर नमस्कार
बिगत करिब दुई दशकको भन्दा बढि स्पेनमा बसोबास गर्दै गर्दा विभिन्न संघ संस्थामा आबद्द हुँदै र नेतृत्व समेत गर्दै स्पेननबासी नेपाली समुदायकाबीच सक्रिय रुपमा समाजका लागि काम गर्दै आइरहेको र आसन्न गैर आवाशीय नेपाली संघ स्पेनको सातौ राष्ट्रिय महाधिबेशन नजिकिदै गर्दा सम्पूर्ण स्पेनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सहयोगका लागि हार्दिक अपिल साथै अनुरोध गर्दछु ।
गैरआवासीय नेपाली संघ हामी सबै प्रवासमा बस्ने नेपालीको एक साझा सस्था हो । मातृभूमिबाट टाढा रहेर स्पेनलाई कर्मभूमि बनाउँदै आएका छौ तथापि हामी नेपालमा आइपर्ने विभिन्न प्राकृतिक प्रकोप, महामारी तथा जुनसुकै समस्यामा पनि छट्पटिन्छौ र समग्र नेपाली समुदाय हातेमालो गर्दै समाधानका लागि सँगै हिड्छौ । परदेशमा रहेर गैरआवासिय नेपाली संघको सदस्य बनेर नेपाल र नेपालीको हकहितमा काम गर्न पाउनु आफैमा एउटा आत्मसन्तुष्टि पनि हो ।
एनआरएनए सबै बिचारसमूह क्षेत्र जात धर्म लगयतका सबै अट्ने संस्था भएतापनि कहिकतै त्यसको नेतृत्व र बागडोर समाल्ने सिमित ब्यक्तिको सस्तो लोकप्रियताका नाममा बोलेका र गर्छु भनी बाचा गरेका कुराहरु नेपालका राजनितिक नेतृत्वहरुकै सैलिमा पूरा नगर्दा स्पेनको हकमा कैयौ युवा पिढीहरुमा एनआरएनए जस्तो साझा सस्थाले पनि सबैको अपनत्व बहन गर्न नसकेको अनुभूति हुने गरेको छ ।
एनआरएनए स्पेनको कार्यसमिति २०१३ देखि निरन्तर सदस्य पदमा रही विभिन्न महत्वपूर्ण जिम्वेवारी लिई संस्थाले नेपाल र नेपाली समुदायको लागि दत्तचित्तका साथ लागिरहेको कुरा यहाँहरुलाई अवगत नै छ ! लगातार तीन कार्यकाल सदस्य पदमा रहेर संस्थाले गरेका हरेक सामाजिक काममा पूर्ण सकृयता जनाउँदै सदस्यता विस्तार गरी यसलाई समृद्ध पार्ने कार्यमा मेरो उल्लेख्य योगदान रहेको कुरा सवैलाई विदितै छ।
स्पेनस्थित विभिन्न संघसंस्थाहरुले विभिन्न कालखण्डमा आयोजना गरेका योजना तथा कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउदै आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छु ।
विगतका सामाजिक संघसंस्थाको नेतृत्वदेखि कार्यसमितिमा लिएका अनुभव तथा ज्ञानलाई उचित प्रयोग गरेर सबल र सक्षम नेतृत्व दिई संस्थालाई सही दिशानिर्देश गर्न सक्छु भन्ने दृढ अठोटका साथ यसपालि एनआरएनए स्पेनको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्दछु । Best porn site https://noodlemagazine.com – Watch porn.
बिगत केही बर्षदेखि स्पेनमा नेपालीहरुको संख्या हरेक दिनजसो बढेकै छ जसमा प्रायजसो परिवार पुनर्मिलनको प्रकृयाबाट नेपाली समाजमा युवा पुस्ता र बालबालिकाहरु संख्या उल्लेख्य वृद्धि हुँदैछ । यस्तो अबस्थामा एनआरएनए स्पेनको आगामी दिनहरु निरन्तरता भन्दा पनि नया पिढिका निम्ति केही नबिनता ल्याउनु पर्छ भन्ने मुल धेय र विशेष योजना सहित नेतृत्व गर्ने अठोटसाथ केही योजना र भिजन लिएर आगामी २०२१-२०२३ कार्यकालको लागि एनआरएनए स्पेनको अध्यक्ष पदमा मेरो उमेदवारि घोषणा गरेको छु ।
शुभचिन्तकहरूको साथ हौसला र उत्प्रेरणा र समाजसेवा प्रतिको मेरो उत्सुकताले गैर आवासीय नेपालीहरुको सपना साकार पार्न र एनआरएनए स्पेनको नेतृत्व गर्नु समय सापेक्ष र अपरिहार्य ठानी अध्यक्ष पदमा उम्मेदवारी पेश गरेको छु ।
अन्तमा सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहीनीहरुले मैले बिगतका दिनदेखीको निरन्तर सकृयता र आगामी कार्यकालको लागि जुन अठोट सहित अगाडि बढेको छु यसलाइ साथ सहयोग र अमूल्य मत दिई नेपालीको सेवा गर्ने अवसर दिनुहुनेछ भन्नेमा पुर्ण विश्वस्त हुँदै हार्दिक अपिल गर्दछु ।
शालिकराम डुम्रे
अध्यक्ष पदको उम्मेदवार
२०२१–२०२३ कार्यकाल
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन