स्याङ्जा संवाददाता
स्याङ्जा,। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा स्याङ्जा सहित देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । भने यता स्याङ्जाको वालिङमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि स्याङ्जाको आयोजनामा ‘रक्तदान जिवनदान जिवनदान महादान’ भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रम गरीएको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा १९३ जनाले रक्तदान गरेका छन् । रक्तदान बाट संकलित १९० युनिट रगत पोखरा लगिएको छ ।
रक्तदान कार्यक्रममा एमाले नेता तथा सामाजिक अगुवा कृष्ण खांणलाई रक्तव्याग हस्तान्तरण गरी उद्दघाटन गरिएको थियो । वालिङ १ का खांणले विहिबार ४०औँ पटक रक्तदान गर्नुभएको छ ।
कार्यक्रमको उद्दघाटन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवं जिल्ला ईन्चार्ज सिता सुन्दासले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको स्मृति दिवसका अवसरमा युवा संघले आयोजना गरेको रक्तदानले रगत अभावमा जिवन र मृत्युसंग लडिरहेकाहरुका लागी जिवनदान हुने बताउनुभयो । साथै उहाँले पुष्पलालकोे ऐतिहासिक भुमिका र योगदानप्रति नेपाली समाज अभारी रहेको भन्दै उहाँले पुष्पलालले देखाउनुभएको मार्गमा सबै कम्युनिष्ठ पार्टीमा आस्थावान नेता कार्यकर्ता हिड्नुपर्ने कुरामा जोड दिनुभएको थियोे ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं पुर्व जिविस सभापति रामबहादुर थापा, एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, युवा संघका केन्द्रिय सचिव महेन्द्रकुमार गुरुङ, अनुशासन आयोगका केन्द्रिय कमिटिका अध्यक्ष भरत गोदार, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला ईन्चार्ज दामोदर तिवारीलगायतले बोलेका थिए ।
युवा संघ जिल्ला अध्यक्ष तिलबहादुर सेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत केन्द्रिय सदस्य शुसिल खनाल, सञ्चालन जिल्ला सहसंयोजक किसान श्रेष्ठले गरेका थिए ।
रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिनुभएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो ।