अनखबर संवाददाता
काठमाडौंमा पत्रकारहरु आन्दोलित भएका छन् । दुई वर्ष भन्दा बढी समयदेखि पारिश्रमिक नदिएपछि आजदेखी नागरिक दैनिकको कार्यालयमा धर्ना सुरु गरिएको पत्रकार टंक क्षेत्रीले बताए ।
धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,महासचिब राेशन पुरी, मंहासघका पूर्व केन्द्रीय सचिब रामप्रसाद दाहाल,नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिबाकाेटी लगायतका पत्रकार नेताहरू सहभागी थिए । आन्दोलन माग पूरा नभएसम्म जारी रहने पत्रकारहरुले बताएका छन ।