रुपन्देही
टिम नेपोको रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको छ । विभिन्न रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको टिम नेपोको जिल्ला संयोजकमा सुमन पोखरेल नियुक्त भएका छन् । पोखरेल बर्ष २०२०/२१ टिम नेपो बुटवलको अध्यक्ष समेत रहेका थिए ।

त्यस्तै सह–जिल्ला प्रतिनिधिमा अमृत भण्डारी र लक्ष्मी केसी, मेम्बरसिप कोर्डिनेटरमा शोभा भुषाल, पब्लिसिस्टमा आशिष पौडेल, पार्टनरसिप कोर्डिनेटरमा आशिष खनाल र इडिटरमा कमल बुचा चयन भएका छ्न । टिम नेपो रुपन्देही जिल्लाको इमिडिएट पास्ट डिष्ट्रीक रिप्रीजेन्टेटिभ भने जनक भण्डारी रहेका छन् ।

६ वर्ष अगाडि सुरु भएको टिम नेपो संस्था विभिन्न क्षेत्रमा आवद्ध युवा युवतीहरुकोे स्वैच्छिक संस्था हो । विभिन्न क्षेत्रमा हुने र गरिने सामाजिक कार्यहरुलाई सहजीकरण गरेर नयाँ र सकारात्मक परिवर्तन ल्याउने यस संस्थाले मुख्य उद्देश्य लिएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीबाट सुरु भएको यस संस्थाले हाल देशभरका २७ बढी जिल्लामा शाखा विस्तार गरिसकेको छ ।