अनखबर संवाददाता
चर्चित लोक दोहोरी गायक अर्जुन गैह्रेको गर्नु गरेउ बलराम भैंसी पालेर दुनियाँलाई ढाटेर बासी दुधमा पानी हालेर नामक चर्चित लोकदोहिरी पछि नया गित”धुलो खाएर”बजारमा ल्याएका छन। गैह्रेको गितमा स्वदेशी श्रीमान र बिदेश भएकी श्रीमती संगको कुराकानीमा आधारित छ ।
समसामयिक नेपाली समाजमा सुहाउने विषयमा आधारित नया लोकगीत धुलो खाएर अत्यन्तै मौलिक र मर्मस्पर्शी भएको स्रोताहरुले प्रतिक्रिया दिएका छन् । यतै आउ भिसा लिएर एल्बम सार्वजनिक भएको धुलो खाएर गितमा शब्द संगित अर्जुन गैह्रेले गरेका छन भने गैह्रेलाइ सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन। अन्जली अधिकारी र लोमस शर्मा अभिनय रहेको छ भने प्रकाश भट्टले निर्देशन गरेका छ्न ।बिन्दबासिनी म्युजिकले अडियो/भिडियो निर्माण गरेको गितको छायांकन नवराज उप्रेतीले गर्नु भएको छ,भने भिडियो सम्पादन बिष्णु शर्माले गर्नु भएको हो । गित बिन्दबासिनी म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको बुझिएको छ ।
गैह्रेले बजारमा यस अगाडि ल्याएको भैंसी पालेर नामक गितले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा बटुलेर सफलता कमाएको थियोे ।