अनखबर
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सभापतिको उम्मेदवार खेलराजले लिड गरेका छ्न ।हालसम्म २०० मत गणना भएको छ। जसमध्ये सभापतिका उम्मेदवार खेलराज पाण्डेले १५१ मत प्राप्त गरेका छन भने अर्का उम्मेदवार रिता केसीले ४५ मत प्राप्त गरेकी छन्।
त्यसैगरि उपसभापतिका उम्मेदवार ज्योती भन्डारीले १४३, हितमान पुनले ११०, नरबहादुर रजालीले ८७ र हरिलाल सुनारले ३१ मत प्राप्त गरेका छन् । सचिवतर्फ गंगा पन्थिले १०२, छायाँ पोख्रेलले १२३, जय प्रकाश भट्टराईले ८५ र सन्तोष पौडेलले ५० मत ल्याएका छन्।
त्यस्तै सहसचिवतर्फ देवलाल अर्गलीले १०५, पुरुषोत्तम खनालले ९६, गणेश घिमिरेले १०७ र सुदन बास्कोताले ५५ मत प्राप्त गरेका छन्।