स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा पालिका द्वारा सञ्चालित कालिगण्डकी अस्पतालको प्रथम स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । २०७७ साल फाल्गुन १० गते स्थापना भएको कालिगण्डकि अस्पतालको स्थापन दिवसको अवसरमा गाउपालिका तथा अस्पताल सञ्चालक समितीका अध्यक्ष खिम बहादुर थापाले अस्पताल स्थापना गर्नु र सन्चालन गर्नु चुनौतिपुर्ण रहेको जिकिर गरेका छन् । यद्यपि थापाले आम नागरिकको सहज र सुलभ स्वास्थ्य को लागि अस्पतालको स्थापना अनिवार्य रहेको बताए ।
गाउपालिकाले निशुल्क स्वास्थ्य बिमा, सुलभ एम्बुलेन्स सेवा र कोरोनाको निशुल्क उपचार गरेको स्मरण गर्दै अध्यक्ष थापाले नागरिकको स्वास्थ प्रती संबेदनशिल रहेको बताउदै अस्पताल लाई एउटा उचाइ सम्म पुर्याउदै सुदृढ र दिगो बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियोे । अध्यक्ष थापाले आगामी दिनमा आँखा र दन्त सेवा थप गर्ने कार्यक्रम रहेको बताउदै स्थापना दिवसको अवसरमा ५० बर्ष माथिका जेष्ठ सदस्यको लागि निशुल्क दन्त परिक्षण र निशुल्क कृत्रिम दात राख्ने घोषणा गर्नुभएको छ । कार्यक्रममा पालिका उपाध्यक्ष साबित्रा कोइराला,एमाले गाउँ पालिका अध्यक्ष अध्यक्ष कृष्ण बहादुर लामिछाने,काङ्रेस सभापती एबम वडा २ वडाध्यक्ष नरबहादुर राना र जनमुक्ती पार्टी जिल्ला अध्यक्ष बम बहादुर लामिछाने ले शुभकामना मन्तब्य राख्दै कोरोनाको विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन सफल भएको भएकोमा अस्पतालको प्रशंशा गरेमा थिए । कार्यक्रममा अस्पतालको प्रगती बिबरण राख्दै अस्पताल प्रमुख डा. रेशम रानाले १ बर्षको अबधिमा करिब १० हजार बिरामिले अस्पताल बाट सेवा लिएको जानकारी दिनुभयो। कार्यक्रमको अस्पतालका मेडिकल अधिकृत सुशील ढुङाना ले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सहजीकरण अहेब युबराज थापाले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधी ,राजनितीक दलका प्रतिनिधि, गाउपालिकाका शाखा प्रमुखहरु अस्पतालका कर्मचारी लगायतको सहभागी रहेको बुझिएको छ ।