बुटवल-१६
रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ मा आसन्न स्थानिय तहको निर्वाचनको लागि नेपाली काङ्ग्रेसले प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ।
शुक्रबार एक कार्यक्रमका बिच गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार काङ्ग्रेस युवा नेता रामकृष्ण खाण र उपमेयरका उम्मेदवार हेमन्त पाण्डेले रुपमा प्रचार प्रसार कार्यालय उद्घाटन गरेका हुन।
तिलोत्तमा ३ सिता राइसिलमा कार्यालय उद्घाटन गर्दै मेयरका उम्मेदवार एव काङ्ग्रेस रुपन्देही सभापति खाणले यो पटक काङ्ग्रेसले बहुमत स्थानमा जित हासिल गर्ने बताए। उनले तिलोत्तमामा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गर्दै राष्ट्र र तिलोत्तमाको बिकास गर्नको लागि काङ्ग्रेसले जित्नैपर्ने बताए।
उनले तिलोत्तमा नगरभित्रका सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको ब्यबस्था र सीसीटीभी जडान गरिने बताए। उनले मोवाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरै बसी पालिकाको दर्ता तथा सिफारिस लिन सक्ने र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिने बताए।
कार्यक्रममा बोल्दै तिलोत्तमा ३ का अध्यक्षका उम्मेदवार कल्याण पौडेल ले गठबन्धनले तिलोत्तमामा दिगो बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
चुनाव प्रचारप्रसार कार्यलयको उद्घाटन कार्यक्रममा १९५ जनाले नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका हुन ।