धानमन्त्री केपी शर्मा ओली बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने भएका छन्।

अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीलाई भेटेकी छन्। प्रेस सल्लाहकार थापाका अनुसार राष्ट्रपति भण्डारीले केहीबेरअघि प्रधानमन्त्रीलाई भेटेकी हुन्।

गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति अस्पताल पुगेको यो दोस्रो पटक हो। यसअघि मंसिर १२ गते साँझ पनि राष्ट्रपति भण्डारी अस्पताल पुगेकी थिइन्।