अनखबर
२१मंसिर, सल्यान। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन युवा संगठन नेपाल सल्यान जिल्लाको भेला सम्पन्न भएको छ ।
भेलामा सल्यान जिल्लाका विभिन्न नगर र गाउँबाट युवाहरुको प्रतिनिधित्व रहेको थियो । भेलाले बसन्तको नेतृत्वमा १५ सदस्य जिल्ला समिती गठन गरेको छ ।
भेलामा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेताहरुले नेपालको वर्तमन राजनितीक अबस्था एकीकृत जनक्रान्तिमा युवाहरुको भुमिकाको विषयमा प्रशिक्षण दिएका थिए । संगठनका केन्द्रिय सदस्य तथा राप्ती इन्चार्ज अनिलले संगठनात्मक भूमिकाको बिषयमा प्रशिक्षण दिएको नेकपा सल्यानका सेक्रेटरी लोक्पाल केसीले बताउनुभयो ।