अनखबर
२१ मंसिर, दाङ। दाङ बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल चढेको गाडिमा तोडफोड भएको छ ।
शनिबार बबई गाउँपालिकाका कर्मचारीले पुरन्धारामा आयोजना गरेको बनभोज कार्यक्रमबाट फर्किने क्रममा स्थानीयले तोडफोड गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्षको गाडिले स्थानीय एक महिलाको दाँया खुट्टामा सामान्य चोट लागेको घटनालाई लिएर गाउँपालिका अध्यक्ष चढ्ने रा १ झ १५० नम्बरको सरकारी गाडिमा तोडफोड गरिएको स्थानीयवासीको भनाई छ । तोडफोडबाट गाडिको अगाडिको सिसा, लुकिङ ग्लासलगायतमा क्षति भएको छ ।
गाडिमा सवार गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेललाई कुटपिट गर्ने समेत प्रयास भएको गाउँपालिकाका प्रेस सल्लाहकार बालकृष्ण पाण्डेले बताउनुभयो ।