अनखबर
मंसिर २२
बुटवल ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १५ बर्षिया बालिकाको रहस्यमय मृत्यु भएको भन्दै आफ्न्तले अस्पतालमा धर्ना दिएका छन् । गत १८ गते सामान्य अवस्थामा अस्पताल भर्ना भएकी रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ वर्षीय माया थापाको शनिबार मृत्यु भएपछि धर्ना दिएका हुन् ।


मंसिर १८ गते इमर्जेन्सीमा भर्ना भएकी मायालाई १९ गते अस्पतालको वाडमा राखिएको राखिएको र २० गते आकस्मीक रुपमा आइसीयुमा राखेको मृतक थापाका बुबा पदम थापाले बताए । अस्पतालले रोग पत्ता नलगाई एन्टीबाएटीक औषधीको प्रयोग गरेका कारणले छोरीको मृत्यु भएको मृतक थापाका बुबाको दाबी रहेको छ ।
तर,अस्पतालका मेडिकल सुपरिडेन्ट राजेन्द्र खनालले भन्ने बिरामी थापालाई ७ दिनदेखि ज्वरो आउनुका साथै शरीरमा प्लेटलेसको मात्र कमी भएका कारण फोक्सोमा एआरडिएस भएका कारण बिरामीको मृत्यु भएको बताएका छन् । साथै अस्पतालले बिरामीको पोटोकल अनुसार नै उपचार गरेको बताउँदै अस्पताल प्रशासन मृतकका आफन्तसँग वार्ता गर्नका लागि तयार रहेको समेत सुपरिटेण्ड खनालले बताए ।