शिव डुम्रे /मंसिर २२
बुटवल
समृद्ध नेपालका लागि प्राबिधिक शिक्षालयको भुमिका बिषयक अन्तरक्रिया बुटवलमा सम्पन्न भएको छ । निजि प्राविधिक शिक्षालय महासंघ र फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स प्रदेश न ५ को संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश ५ का शिक्षा तथा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्राबिधिक शिक्षा देशको मेरुदण्ड हो भन्दै निजि क्षेत्रको लगानीलाई राज्यले संरक्षण गर्नुपर्ने र विकल्पसहित प्रोत्साहन गर्ने प्रतिबद्धता समेत जनाए । त्यस्तै कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य डा. पुरन बज्राचार्यले सरकारले निजि क्षेत्रका लगानिकर्ताहरुसग छलफल गरेर अगाडी बढ्नुपर्ने बताए । यता सिटिईभिटिका प्रशासन महाशाखाका निर्देशक जिवनारायण काफ्लेले पनि निजि क्षेत्रले उल्लेख्य भुमिका खेलेको भन्दै राज्यले निजि क्षेत्रलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिए । कार्यक्रममा सिटिइभिटिका प्रदेश ५ प्रमुख अर्बिन्द कुमार चौधरीले राज्यले हचुवाको भरमा निर्णय लिन नहुने भन्दै उचित ब्यवस्थापन गरेमा प्राबिधिक शिक्षा मुलुकको समृद्धि आधार बन्नेमा जोड दिए ।
, निजि प्राबिधिक शिक्षालय महासघका केन्द्रिय अध्यक्ष शैलेन्द्र मोहन झा, सोही संस्थाका सस्थापक अध्यक्ष दुर्गा उप्रेती, फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका केन्द्रिय महासचिव सुनिल चालिसे, निजि तथा प्राबिधिक शिक्षालयका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बसन्तराज खनाल, केन्द्रिय उपाध्यक्ष भगवान् झा, निजि प्राबिधिक शिक्षालयका प्रदेश ५ का अध्यक्ष एव केन्द्रिय उपाध्यक्ष अरुण कुमार पाण्डेय, केन्द्रिय सदस्य त्रिलोचन पौडेल लगायतले राज्यले बिना विकल्प निजि प्राबिधिक विद्यालयहरुलाई विस्थापित गराउने नीति ल्याएको भन्दै त्यसो गरेमा हजारौं विद्यार्थीहरुको भबिस्यलाई समेत असर पर्ने बताए, उनिहरुले राज्य अभिभावक भएकोले अभिभावककै भुमिका खेल्नुपर्ने र विकल्पसहित छलफल गर्नको लागि अपिल समेत गरेका थिए ।
यता कार्यक्रममा प्राबिधिक शिक्षासम्बन्ध कार्यपत्रहरु प्रस्तुत भएका थिए, फोरम फर हेल्थ एन्ड टेक्निकल साईन्सका केन्द्रिय सदस्य चिरञ्जीवी जोशी, टिएसएलसीको अबधारणा पत्र निजि प्राबिधिक शिक्षालय प्रदेश५ का सदस्री अर्बिन चन्द्र आर्चायले पेश गरेका थिए । कार्यक्रममा प्रदेशभरका ४४ कलेजका प्रतिनिधि सहभागी थिए । चिकित्सा शिक्षा बिधेयक स्वास्थ तर्फ १८ महिने सिएमए, एनम र ल्याब टेक्निसियन कार्यक्रम बन्द गर्न सुझाव दिएको छ तर निजि प्राबिधिक कलेजहरुले भने त्यसको बिकल्प मागेका छन, सरकारले समृद्ध नेपालको नारा अगाडी बढाउदा सरकारले लिएको नीति पूरा गर्न प्राबिधिक शिक्षा बन्द गर्नु नमिल्ने धेरै कलेज संचालकहरु बताउछन ।
निजि लगानीकर्ताहरुलाई धरासायी बनाउने ढङ्गले सरकारले ल्याएको नीति गलत भएको भन्दै उचित विकल्प बिना बन्द गराउन खोजेकोप्रती कलेज संचालकहरु आक्रोशीत बनेका थिए । चिकित्सा बिधेयकमा ४० जनाको कोटा पढाउनको लागि १०० बेडको हस्पिटल हुनुपर्ने मापदण्ड छ जुन अवैज्ञानिक छ, यस्तै धेरै मापदण्ड र सरकारी नीति निकै अब्यवहारिक रहेको कलेज संचालकहरुको भनाई छ । यस्तै किसिमक बहस अन्य प्रदेशहरुमा पनि गर्ने र सरकारलाई सकारात्मक दबाब सहित सिर्जनात्मक सुझावहरु पेश गर्ने कार्यक्रम रहेको निजि प्राबिधिक शिक्षालय प्रदेश ५ का कार्यसमिति सदस्य डिपि खनालले बताए । निजि तथा प्राबिधिक शिक्षालय प्रदेश ५ का अध्यक्ष प्रकाश रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव द्रोण प्रसाद भुषालले गरेका थिए ।