अनखबर
काठमाडौं,२३ मंसिर । बेल्जीयममा रहेको नेपाली दुतावासले आफ्नो ज्ञापनपत्र नबुझेको भन्दै नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमले आपत्ति जनाएको छ ।

मोर्चाले बिज्ञप्ति निकाल्दै नेपालको भूमी मिचेर छिमेकी राष्ट्र भारतले गरेको अन्तरराष्ट्रिय सन्धि, सम्झौता र कानुनको ठाडो उल्लंघन प्रति कडा कदम चाल्न नेपाल सरकारलाई बुझाउन लगिएको ज्ञापन पत्र नेपाली दुतावास बेल्जियमले, नबुझेको भन्दै बिरोध गरेको हो।

मोर्चाका अध्यक्ष मेख गुरुङद्वारा हस्ताक्षरित बिज्ञप्ति यस्ता कार्यहरु सच्याउन पनि दुतावाससँग माग गरिएको छ।