अनखबर
तनहुँ,२३ मंसिर । सरकारद्धारा प्रतिबन्धित विप्लव नेकपा निकट अखिल क्रान्तिकारीले सीमा अतिक्रमण विरुद्ध तनहुँमा प्रदर्शन गरेको छ। गण्डक क्षेत्रीय समन्वय समितिको अायोजनामा तनहुँको दमौलीमा सोमबार भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरिएको हो।
तनहुँका विभिन्न विद्यालयका विद्यार्थीहरुसहित विरोधमा उत्रेको क्रान्तिकारीले नेपालको नक्सा समेत प्रदर्शन गरेको थियो विरोध प्रदर्शनपछि र्याली कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारीका नेता सुजनले सीमा अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो।
नेपाली भूमिको रक्षा गर्न क्रान्तिकारी जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको बताउँदै सिंहले आगामी दिनमा आन्दोलनलाई थप शसक्त बनाइने उद्घोष गरे।
प्रदर्शनका कार्यक्रममा बिधार्थी नेता ममता रुचाललाई प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारी गण्डकले बताएको छ ।