एजेन्सी
फिनल्यान्डमा ३४ वर्षिया साना मरिन प्रधानमन्त्री निर्वाचित भएकी छन्। त्यहाँका प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि मरिन प्रधानमन्त्री बनेकी हुन्। फिनल्यान्डको औद्योगिक क्षेत्रमा भएको हड्तालका कारण त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिनुपरेको हो।
सोसल डेमोक्रेटिक पार्टीकी मरिन यसअघि यातायातमन्त्री थिइन्।
फिनल्याण्डमा पाँचवटा पार्टीको मिलिजुली सरकार बनेको छ। द गार्जियनका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्।
नवनियुक्त प्रधानमन्त्री मरिनले फिनिस जनताको विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नुपर्ने र आफू त्यसमा दृढ भएर लाग्ने प्रतिबद्धता जनाएकी छन्।
मरिन २७ वर्षकै उमेरमा फिनल्यान्डको औद्योगिक सहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन्।