अनखबर
मंसिर २३, कपिलवस्तु ।
बैनिको विवाहको तयारीको लागि जाँदै गर्दा कार दुर्घटनामा परि आफ्नै दाईको निधनको खबरले बैनिलाई कस्तो पीडा होला, त्यस्तै भयो कपिलवस्तुको बाणगंगा नगरपालिका वडा ८ को बोडगाउँ नजिकै कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगार्इ शाखाका व्यवस्थापक सुरेश पाण्डेयको मृत्यु भएको छ । २६ बर्षीय पाण्डेयको पूर्व पश्चिम राजमार्गको बनगाईबाट जीतपुर तर्फ जाँदै गर्दा बा ८ च ६३९० नम्वरको कार दुर्घटना हुँदा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमवार आज मृतककी बैहिनी सरिताको बिवाह थियो । सोही सिसिसिलामा आफ्नो घर कपिलवस्तु नगरपािलका– ९ जगदीशपुर गाउँँबाट चाअर पार्टी प्यालेसमा जाँदै गर्दा उनको कार दुर्घटनामा परेको थियो ।
घटना पछि बहिनीको बिवाह रोकिएको छ। खुशायाली मनाईरहेको पाण्डेयको परिवार अहिले शोकमा डुबेको छ । प्रहरी अनुसार तीव्र गतिमा रहेको कार अनियन्त्रित भई नजिकै रहेको बिद्यतुका्े पोलमा ठोक्किएको थियो । कार मृतक आफैँले चलाएका थिए ।
दुर्घटनामा अन्य ४ जना घाईते भएका छन् । घाइते हुनेमा रामेछाप जिल्ला मन्थली नगरपालिकाकी दुर्गा आचार्य, उनकी ३० वर्षीय छोरी अनिता आचार्य, ३ वर्षकी बालिका आरती आचार्य र कपिलवस्तु नगरपालिका– ३ क्याम्पस टोलकी ४६ वर्षीया विष्णु पौडेलको उपचार भैरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।